रोल्पामा पर्यटन गुरुयोजनाको आवश्यकता

नेपाल अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधर्म र सामाजिक विविधता एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण छ । विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा नेपाल सुपरिचित छ ।
नेपालको एउटा जिल्ला रोल्पामा पनि पर्यटकीय संभावना प्रचुर छ । यहाँका पर्यटकीय संभावनालाई उजागर गर्न सकेमात्र पनि पर्यटक भित्रिने संभावना छ । किनकि, यहाँ पर्यटकलाई आकर्षण गर्र्ने प्राकृतिक सौन्दर्य, मगर समुदायको सँस्कृति, ऐतिहासिक धार्मिक स्थलहरु, जैविक विविधताको खानी नै छ ।

पर्यटन क्षेत्रका संभावनाहरुको पहिचान गरी अगाडि बढ्नसके आर्थिक परिवर्तनका लागि पनि महत्वपुर्ण उपलब्धि हुनेछ । पर्यटकीय कृयाकलाप गर्ने, पर्यटन स्थलको प्रचारप्रसार गर्ने, पर्यटन पूर्वाधारको विकास, पर्यटकलाई उपलव्ध गराउने होटल सेवाको गुणस्तरमा बृद्धि, बसाईँको अवधि लम्ब्याउने जस्ता विविध पक्षलाई ख्याल गरेर जिल्ला गाउँपालिकाहरु र नगरपालिकाले पर्यटन रणनीति र गुरुयोजना वनाउन आवश्यक छ ।

पर्यटनलाई आर्थिक उपार्जनसँग आवद्ध गरी विकास गर्नु पर्ने देखिन्छ । पर्यटन सेवाको क्षेत्रलाई संख्यात्मक एवं गुणात्मक वृद्धि गर्ने काम सरकारी क्षेत्रबाट मात्र संभव नभएकोले सार्वजनिक, सामुदायिक तथा निजी क्षेत्र समेतको संयुक्त साझेदारीमा पर्यटन क्षेत्रको विकास गर्नु आवश्यक छ । यिनै पृष्ठभूमिमा पर्यटन प्रवद्र्धनलाई नयाँ उचाईमा पु¥याई आर्थिक परिवर्तनको आधारशिला तयार गर्नकै लागि नेपाल सरकारले पर्यटन वर्ष २०११ को अवधारणा अघि सारेको पनि थियो । पर्यटन वर्ष सकिएपछि पर्यटन क्षेत्रमा केही पनि गर्न नहुने भन्ने होईन । त्यो सुरुवात मात्र थियोे । धेरै गर्नका लागि त्यो वर्षले झक्झक्याएको मात्र हो ।

रोेल्पामा करिव ४४ प्रतिशत मगर जातिको वसोवास छ । मगर जातिको आफ्नै कला, संस्कृति, जिवनशैली, भेषभुषा, भाषा र धर्म छ । अध्ययनका लागि ति गतिला सम्पदा हुन । अमुर्त संस्कृतिले धनि यि जातिका समग्र अवयवलाई कसरी पर्यटनसँग जोड्ने भन्ने मुल प्रश्न हो । पर्यटनका लागि प्राकृतिक सुन्दरता एउटा पक्ष होला, अर्को धार्मिक ।

विश्व वजारमा अहिले कला, संस्कृति, जिवनशैली र भाषाका क्षेत्र पनि पर्यटनको आधारशिला वन्दै गएका छन । यहाँ गुरुङ, नेवार, थकाली, छन्त्याल जाति समेत छन । त्यस अलावा ब्राह्मण, क्षेत्री, दलित र अन्य जाति पनि छन । अन्य जातिमा मगरको संस्कृतिले प्रभाव पारेको देखिन्छ । रोल्पा जिल्लाको मध्य भाग माडीखोलादेखि दक्षिणतिर मगर भाषा छैन । उत्तरी भेगमा मगरको भाषा र वसोवासको सघनता पनि छ । त्यहाँको जिवनशैली र दक्षिणी भेगको भिन्न छ ।

पर्यटकहरु भाषा, कला, संस्कृति र जिवनशैलीसँग साक्षत हुनका लागि जनजाति सघन क्षेत्र पर्यटनका लागि महत्वपुर्ण हुन । यिनको समुचित विकास आवश्यक छ । त्यसका लागि होमस्टेको अवधारणा गाउँपालिकाहरुबाट अघि वढाउन आवश्यक छ । तर, यो हुन सकेको छैन ।

विगतमा जिल्लाका संरचनाको कार्यकारी भूमिका हुँदाखेरी पर्यटनको सवाल थोरै भएपनि उठ्दै आएको थियो । अहिले त्यो संभव छैन । कार्यकारी भूमिका पालिकामा पुगेको छ । त्यहाँ यो सोंच र यसको महत्वको वोध हुनै सकेको छैन । अव स्थानीय तहको जनप्रतिनिधिहरुको यसमा ध्यान जानैपर्छ । मगरहरुको लोप हुन थालेका संस्कार, रितिरिवाज, चालचलनलाई जिवित राख्नका लागि स्थानीय तहले गुरुयोजना वनाउन आवश्यक छ । खास नीति वनाएर सम्बोधन गर्न जरुरी छ ।

हिजो केन्द्रिकृत राज्य सरकारकाले यि सवाल सम्वोधन गर्न सकेन भनिएको हो । आज अधिकार हातमै आईपुगेको छ । गर्ने ठाउँमा पुगेपछि पनि माग राख्ने शैलीमा उभिनु हुँदैन । गरेर देखाउन आवश्यक छ ।

साथै रोल्पाका जलजला, शिवगुफा, चर्तुभुज, गढिलेक, रुन्टी, खुंग्री, जंकोट र गजुलकोट, विबाङ दह, सुनछहरी लगायत चर्चामा नआएका अन्य प्राकृतिक, सांस्कृतिक, जैविक सम्पदाहरुको खोज, संरक्षण, सम्बद्र्धन एवं विकास गरी रोल्पालाई पर्यटकीय दृष्टिले आकर्षक र प्रमुख गन्तव्य स्थलको रुपमा विकास गर्न सकिन्छ । मौलिक आकर्षण र आदीवासी वसोवासको थबाङलाई पर्यटन गाउँका रूपमा विकास र प्रबद्र्धन गर्न आवश्यक छ । यस्तै संभावना बोकेका अन्य गाउँको पनि पहिचान गर्दै प्रत्येक वर्ष कुनै न कुनै गाउँलाई यसरी नै पर्यटन गाउँ घोषणा गर्न सकिन्छ ।

जलजला धेरैको मुखमा झुण्डिएको छ । होटेल, क्याम्पस, सहकारी, पसल, लेखकका रचना सबैमा जलजला प्रयोगमा आएको छ । जलजलाको प्राकृतिक सौन्दर्यता र यहाँको धार्मिक पक्षलाई सँगसँगै विकास गर्न सकिएमा पर्यटन क्षेत्रको राम्रो गन्तव्य वन्नेमा दुई मत छैन । जलजला मगर जातिको आस्थाको धरोधर पनि हो । मगरहरुको देउता बाह्र बराह रहेको ठाउँ हो ।

रोल्पामा रहेका मगर, गुरुङ लगायतको पैसेरु, सरङ्गे, भुमे नाँच, झोरेली, सोरठी, यानीमाया, साइलाबरै, थाडी, लोक भाका लगायत विभिन्न जातजातिको सँस्कृतिले पनि पर्यटकलाई भरपुर रुपमा आकर्षण गर्न सकिन्छ । त्यसका लागि प्रत्येक वर्षको एक पटक साप्ताहव्यापि रुपमा सदरमुकमा लिबाङ वा उपयुक्त स्थानमा साँस्कृतिक मेला आयोजना गर्नु पर्दछ । जसमा यि सबै सँस्कृति झल्किने अवस्था सृजना गरेर वाह्य र आन्तरिक पर्यटकलाई भित्र्याउन सकिन्छ । मेलामा जिल्लाका उत्पादन प्रदर्शनि स्टल, जिल्लाका पर्यटन क्षेत्रका झलक सहितका स्टल राखेर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।

रोल्पामै वृहत संग्राहलय वनाउन आवश्यक छ । जिल्लाको सदरमुकामा आदिवासी जनजातिको परम्परागत, ज्ञान, सीपको झलक दिने सामग्री, उनीहरुले प्रयोग गरेका लोपोन्मुख सामानहरुको संग्राहलय वनाउन सके राम्रो हुने छ । रोल्पाका बाईसे चौविसे राजाका पालामा प्रयोग भएका सामग्री, पुरातात्विक महत्वका वस्तु, खनिज, पिर्यटकिय क्षेत्र लगायतका नमूना स्टल, यहाँका प्राकृतिक सौन्दर्य, कला सँस्कृति झल्किने स्रव्यदृश्य सामग्री राखेर संग्राहलयलाई वृहत वनाउन सकिन्छ । जसले जिल्लाको गौरवमात्र होइन अनुसन्धान, अध्ययन, अवलोकनका लागि ठूलो मद्दत पुग्ने छ ।

जिल्लाका कतिपय स्थान धार्मिक, आध्यात्मिक एवं तीर्थाटनको केन्द्रको रुपमा विकास गर्न सकिने देखिन्छ । जस्तै रुन्टी, गढिलेक, जुगारको शिवगुफा, कोर्चाबाङको बराह पर्यटन क्षेत्र, भाबाङको पुलबाङधुरी पर्यटन क्षेत्र, होलेरीको शिवपार्वती गुफा, जलजला, चतर्भुज लगायतका स्थान यस्तो क्षेत्र हुनसक्छन । रुन्टी ः जहाँ महाप्रभुको पवित्र जन्मस्थल हो भने गढिलेक प्रभुले तपस्य गरेको स्थान हो । जसलाई धार्मिक पर्यटनको हिसावले विकास गर्न सकिने आधारहरु छन ।

जिल्लाको पर्यटन क्षेत्रमा विस्तारका लागि जिल्लाका विद्यमान पर्यटकीय स्थलहरु र सँस्कृतिको बजारीकरण एवं नयाँ स्थानहरुको पहिचान गरी त्यसतर्फ पर्यटकलाई आकर्षण गर्न पर्यटकीय क्षेत्रको नक्साङ्कन तथा आधुनिक सूचना प्रविधिको उपयोग गरी प्रचार प्रसार गर्न आवश्यक छ । त्यसका लागि वेव साईट मार्पmत विभिन्न प्रचार सामग्री निर्माण गरेर जान सकिन्छ । जिल्लाको पर्यटन सम्बन्धि सूचनाहरु एकीकृत गरी विद्युतिय र अन्य माध्यमबाट प्रचार गर्न प्रभावकारी पर्यटन सूचना डेस्क जरुरी छ ।

सबै पालिका, सामुदायिक संस्था, स्थानीय उद्यमी समूह र गैरसरकारी संस्थाहरुले पर्यटन सम्बन्धि कार्यक्रमहरू सञ्चालन गर्न सके पर्यटनमा सहयोग पुग्नेछ । पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने होटल व्यवसायी र निजी क्षेत्रले पनि पर्यटनमैत्री प्याकेज ल्याउन आवश्यक छ ।

पर्यटनका लागि पर्याप्त संभावना भए पनि यसको प्रचारप्रसार विना पर्यटन विकास संभव छैन । तसर्थ विज्ञान, प्रविधि र संचार प्रणालीमा भएको अभूतपूर्व विकासले विश्व नै एउटा गाउँको रुपमा परिणत हुँदै गइरहेको अवस्थामा रोल्पाले पनि यस्ता पर्यटकीय सम्पदालाई विश्व सामु र देशभर प्रस्तुत गर्दै विश्व पर्यटन बजारलाई आकर्षित गर्न सक्नु पर्छ । पर्यटन व्यवसाय आफैमा राष्ट्रिय अर्थतन्त्र र विकासको प्रमुख आधार भएकोले यस व्यवसायको प्रवद्र्धन र विस्तारगरी आम रोल्पाली नागरिकको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि ल्याउन सकिन्छ ।

पर्यटन विकास कार्यक्रमले तत्काल नै कुनै उपलब्धि नदेखिएला । त्यसैले यससँग सम्बन्धित क्रियाकलाप गर्दा दूरगामी भएर गर्न आवश्यक हुन्छ । रोल्पामा पर्यटन विकासका लागि यहाँका विविध पर्यटकीय सम्पदाको समुचित संरक्षण र सम्बद्र्धन त गर्नैपर्छ । त्सका साथसाथमा यी पर्यटन क्षेत्रबारे देशभरमात्र नभइ विश्वभर नै प्रचार मार्फत सन्देश पु¥याउन सक्नु पर्छ । यि सबै कामका लागि जिल्ला समन्व्य समितिको पहलमा सबै पालिकाको सहभागिता र जिल्लाबाट राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने सबै पार्टीका नेता, उच्च पदस्त सबैको व्यक्तित्वको उपस्थितिमा रोल्पाको पर्यटनको साझा धारणा वनाउन आवश्यक छ । अव रोल्पाको पर्यटन गुरुयोजना वनाउनै पर्छ ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस