युभेन्ट्सले जित्यो लगातार नवौंपटक लिग उपाधि

१२साउन, एजेन्सी । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले उपाधि उचालेको छ । यो उसको लगातारको नवौंपटकको उपाधि हो ।

आइतबार राति भएको खेलमा साम्पोडियालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्सले लिग उपाधि जित्न सफल भयो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक–एक गोल गरे ।

पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । ६७औं मिनेटमा बर्नार्डेस्कीले घरेलु क्लबका लागि दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए ।

खेल सकिन एक मिनेटअघि युभेन्ट्सले पेनाल्टी पाए पनि उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्न सकेनन् । च्याम्पियन युभेन्ट्सको ८३ अंक छ । दोस्रो स्थानको इन्टरको ७६ अंक छ । साम्पोडिया ४१ अंकसहित १५औं स्थानमा छ ।

प्रकाशित मिति : २०७७ साउन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस