एसिया कप क्रिकेट यूएईमा हुने

१२साउन, काठमाडौँ । श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने भएको छ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो।टी–२० फर्म्याटमा आयोजना हुने एसिया कप निर्धारित समयमै हुने एसीसीले जनाएको छ।

एसिया कपमा साबिक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सहभागी जनाउने छन। यस्तै, छनोट प्रतियोगिताबाट १ राष्ट्र गरी ६ टिम सहभागी हुनेछन्।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस