१९ साउन, काठमाडौँ । टोकियो ओलम्पिकको फाइनलमा स्वीडेनको महिला फुटबल टोली प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा १० खेलाडीमा समेटिएको अष्ट्रेलियालाई १–० गोलले हराउँदै स्वीडेन फाइनलमा पुगेको हो ।
स्वीडेनको जितमा फ्रिडोलिना रोल्फोईले ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्वीडेनले स्वर्ण पदकको लागि क्यानडासँग खेल्नेछ ।