२०४७ सालमा सर्वहारावादी श्रमिक संगठन, नेकपा विद्रोही मसाल लगायत विभिन्न ४ समूहसँग पार्टी एकता गरी बनेको नेकपा एकता केन्द्रको २१ सदस्यीय केन्द्रीय समितिमा रोल्पाको प्रतिनिधित्व शुन्य थियो । तत्कालिन राप्ती अञ्चलबाट मोहन वैद्य मात्रै केन्द्रीय समितिमा थिए । वैद्यलाई पोलिटव्यूरो सदस्यको जिम्मेवारी दिइएको थियो ।

२०४८ सालको संसदीय निर्वाचनमा सबै वाम एक ठामको नारा अनुसार राप्ती अञ्चलका ५ जिल्लाका तत्कालिन नेकपा एमाले र संयुक्त जनमोर्चा नेपालले चुनावी गठबन्धन गरेका थिए । गठबन्धनको तर्फबाट राप्ती अञ्चलमा रहेका ११ निर्वाचन क्षेत्र मध्ये रोल्पा र रुकुमका २/२ निर्वाचन क्षेत्र र प्यूठानको १ निर्वाचन क्षेत्र संयुक्त जनमोर्चा नेपाल र दाङको ३, सल्यानको २ र प्यूठानको १ गरि ६ निर्वाचन क्षेत्र नेकपा एमालेले पाएको थियो । सोही अनुसार रोल्पाको दुवै क्षेत्र र रुकुमको १ क्षेत्र गरि ३ निर्वाचन क्षेत्रबाट संयुक्त जनमोर्चा नेपालले र दाङको १ निर्वाचन क्षेत्रमा नेकपा एमाले विजयी भएको थियो ।

रोल्पाबाट निर्वाचन क्षेत्र नं. १ बाट वर्मन बुढामगर र निर्वाचन क्षेत्र नं. २ बाट कृष्णबहादुर महरा विजयी भएका थिए । रुकुमबाट खड्कबहादुर बुढामगर निर्वाचित हुँदा नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नंं २ बाट शिवराज गौतम निर्वाचित भएका थिए । राप्ती अञ्चलका अन्य ७ वटा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस विजयी भएको थियो ।

२०४९ सालको स्थानीय निकाय निर्वाचन अन्तर्रगत जिल्ला विकास समितिको निर्वाचनमा समेत रोल्पाका वाम गठबन्धन भएको थियो । नेपाली काँग्रेस विरुद्ध नेकपा एमाले र तत्कालिन संयुक्त जनमोर्चा नेपालले चुनावी गठबन्धन गरेका थिए । उक्त निर्वाचनमा बाम गठबन्धनको तर्फबाट संयुक्त जनमोर्चा नेपालका भक्कुप्रसाद सुवेदी सभापति र नेकपा एमालेका मानबहादुर बाँठामगर उपसभापति पदमा निर्वाचित भएका थिए ।

२०५१ सालमा नेकपा एकता केन्द्र विभाजित भयो । पुष्पकमल दाहालले नेतृत्व गरेको समूहले पार्टीको नाम नेकपा माओवादी राख्यो । सो पार्टी बने पछिको १७ सदस्यीय केन्द्रीय समितिमा रोल्पाबाट प्रतिनिधित्व थिएन । राप्ती अञ्चलबाट मोहन वैद्य र नारायण शर्मा केन्द्रीय समितिमा परेका थिए । वैद्य पोलिटव्यूरो सदस्य र शर्मा केन्द्रीय सदस्य थिए ।

२०५२ साल फाल्गुन १ गते देखि जनयुद्ध सुरु भएको घोषणा भयो । जनयुद्ध सुरु भएको दुई वर्षपछि २०५४ सालमा रोल्पाका कृष्णबहादुर महरा केन्द्रीय सदस्य भए ।

२०५५ सालमा सम्पन्न विस्तारिक बैठकबाट ७ जना युवालाई केन्द्रीय सदस्य बनाइएको थियो । थप गरिएका ७ मध्ये २ सदस्य रोल्पाका थिए । केन्द्रीय सदस्यमा त्यसरी थपिने २ युवामा वर्षमान पुन र नेत्रविक्रम चन्द थिए । सो केन्द्रीय समितिमा साविक राप्ती अञ्चलबाट मनि थापा पनि परेका थिए ।

२०५७ सालमा भएको दोश्रो राष्टिूय सम्मेलनले पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहने गरी ५५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । सो समितिमा रोल्पाबाट कृष्णबहादुर महरा, वर्षमान पुन र नेत्रविक्रम चन्द पोलिटव्यूरो सदस्यमा निर्वाचित भएका थिए । केन्द्रीय सदस्यमा नन्दकिशोर पुन, कुलप्रसाद केसी, सन्तोष बुढामगर, जयपुरी घर्तीमगर, झक्कुप्रसाद सुवेदी केन्द्रीय सदस्य थिए । साविक राप्ती अञ्चलबाट रोल्पाका ८ सहित मोहन वैद्य, मनि थापा, नारायण शर्मा, जनार्दन शर्मा, लोकेन्द्र बिष्ट, हेमन्तप्रकाश वली, कृष्णध्व खड्का, रेखा शर्मा र पूर्ण घर्तीमगर केन्द्रीय समितिमा परेका थिए । ५५ सदस्यीय केन्द्रीय समितिमा ८ जना रोल्पाली र ४ जना रुकुमेली थिए ।

२०६१ सालमा केन्द्रीय समितिलाई ९५ सदस्यीय बनाउँदा रोल्पाबाट कृष्णबहादुर महरा, वर्षमान पुन, नेत्रविक्रम चन्द पोलिव्यूरो सदस्य थिए । नन्दकिशोर पुन र कुलप्रसाद केसी वैकल्पिक पोलिटव्यूरो सदस्य हँुदा सन्तोष बुढामगर, जोखबहादुर महरा, जयपुरी घर्तीमगर, दिपेन्द्र पुनमगर, ओनसरी घर्तीमगर र झक्कुप्रसाद सुवेदी केन्द्रीय सदस्य थिए । यो केन्द्रीय समितिमा पोलिव्यूरो ३, वैकल्पिक पोलिटव्युरो २ र केन्द्रीय सदस्य ६ सहित ११ जना रोल्पालीको प्रतिनिधित्व थियो ।

२०६२ सालमा भएको चुनबाङ बैठकले ९५ सदस्यीय केन्द्रीय समितिलाई ३३ सदस्यीय बनाउदा रोल्पाबाट कृष्णबहादुर महरा, वर्षमान पुन, नेत्रविक्रम चन्द, नन्दकिशोर पुन र कुलप्रसाद केसी समेटिएका थिए । उनीहरु सबै केन्द्रीय सदस्यको जिम्मेवारीमा झरेका थिए ।

शान्ति प्रकृयापछि २०६३ सालमा भएको बैठकले ११ सदस्यीय सचिवालय गठन गरेको थियो । सो सचिवालयमा रोल्पाका कृष्णबहादुर महरा, वर्षमान पुन र नेत्रविक्रम चन्द समेटिएका थिए ।

२०६३ साल देखी सत्तारोहणमा रोल्पाले अवसर प्राप्त ग¥यो । २०६३ सालमा कांग्रेस सभापति गिरीजा प्रसाद कोइराला मन्त्री मण्डलमा रोल्पाका कृष्णबहादुर महरा सूचना तथा संचार मन्त्री बने । कांग्रेस एमाले माओवादी गठवन्धनको यो सरकार २०६५ सम्म २ वर्ष १ महिना टिकेको थियो ।

शान्ति प्रकृयापछि माओवादीमा आएको विवादले उग्ररुप लिदै गएपछि भएको खरिपाटी भेलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूह र मोहन वैद्य ‘किरण’ समूहको रुपमा प्रष्ट २ धार देखिदा ३३ जना केन्द्रीय समिति सदस्य मध्ये रोल्पाका कृष्णबहादुर महरा, नेत्रविक्रम चन्द र कुलप्रसाद केसीले मोहन वैद्यको पक्ष र वर्षमान पुन र नन्दबहादुर पुन पुष्पकमल दाहालको पक्षमा बाँडिएका थिए ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा रोल्पाबाट जयपुरी घर्तीमगर र सन्तोष बुढामगर क्रमशः रोल्पा निर्वाचन क्षेत्र नं. १ र २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । समानुपातिक तर्फ खुमा सुवेदी, जोखबहादुर महरा, सन्तोषी विक, ओनसरी घर्तीमगर र तारा घर्तीमगर निर्वाचित भएका थिए ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनपछि देशको सबभन्दा ठूलो दल भएको माओवादीको नेतृत्वमा २०६५ सालमा सरकार गठन भयो । माओवादी अध्यक्ष पुष्पकमल दाहालको मन्त्री मण्डलमा रोल्पाका कृष्णबहादुर महरा सूचना तथा संचार मन्त्रीमा दोहोरिए । माओवादी मद्येशवादी संलग्न सरकार २०६६ सम्म ९ महिना टिकेको थियो ।

२०६५ सालमा नारायणजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र मसालसँग भएको पार्टी एकतापछिको १७५ सदस्यीय केन्द्रीय समितिमा रोल्पाबाट सचिवलाय सदस्यमा कृष्णबहादुर महरा, वर्षमान पुन, नेत्रविक्रम चन्द परेका थिए । पोलिटव्यूरो सदस्यमा नन्दकिशोर पुन र कुलप्रसाद केसी समेटिदा जोखबहादुर महरा, जयपुरी घर्तीमगर, दीपेन्द्र पुनमगर, ओनसरी घर्तीमगर, झक्कुप्रसाद सुवेदी केन्द्रीय समितिमा समेटिएका थिए ।

२०६८ सालमा गठन भएको एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्व सरकारमा रोल्पाबाट कृष्णबहादुर महराले गृह मन्त्रालय सम्हालेका थिए । सो सरकारमा रोल्पाकै जयपुरी घर्तीमगर महिला तथा बालबालिका मन्त्री बनेकी थिईन । एमाले माओवादी मद्येशवादी संलग्न सो सरकार ६ महिना मात्रै टिकेको थियो । सोही सरकार हेरफेरबाट ओनसरी घर्तीमगर युवा तथा खेलकुद राज्यमन्त्री बनेकी थिईन ।

२०६८ सालमा माओवादी नेता बाबुराम भट्टाई नेतृत्व सरकारमा रोल्पाका वर्षमान पुन अर्थमन्त्री बनेका थिए । पुन पश्चिम नेपालकै पहिलो अर्थमन्त्री बन्ने सौभाग्य पाएका थिए । २०६९ सम्म १८ महिना चलेको यो सरकारमा माओवादी मद्येशवादी, एमाले र कांग्रेसको संलग्नता थियो ।

२०६९ सालमा भएको पार्टी विभाजनमा रोल्पाका नेत्रविक्रम चन्द, कुलप्रसाद केसी र जयपुरी घर्तीले मोहन वैद्यलाई साथ दिएका थिए भने कृष्णबहादुर महरा, वर्षमान पुन, नन्दकिशोर पुन, जोखबहादुर महरा, झक्कुप्रसाद सुवेदी, ओनसरी घर्तीमगर र दीपेन्द्र पुनमगरले पुष्पकमल दाहाललाई साथ दिएका थिए ।

२०७० सालमा भएको प्रतिनिधि सभा निर्वाचनपछि ओनसरी घर्तीमगर संविधान सभा अध्यक्ष बनेकी थिईन । संंविधान जारी पश्चात उनी स्वतः प्रतिनिधि सभा सभामुखको जिम्मेवारीमा रहेकी थिईन ।
२०७१ सालमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा समेत विभाजन आएपछि नेत्रविक्रम चन्दले नेकपा माओवादी गठन गरेका थिए । वैद्यसँग रहेका ३ रोल्पाली मध्ये चन्दले छुट्टै पार्टी निर्माण गरेपछि कुलप्रसाद केसीले वैद्यलाई साथ दिए भने जयपुरी घर्तीमगरले कसैलाई साथ नदिई तटस्थ बसेकी थिईन । वैद्यसँग रहेका रामबहादुर थापा सहितको समूह पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादीमा फर्केपछि उनीसँगै रोल्पाका कुलप्रसाद केसी र तटस्थ रहेकी जयपुरी घर्तीमगर पनि फर्किएका थिए ।

२०७३ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बनेको सरकारमा रोल्पाका कृष्णबहादुर महरा उपप्रधान तथा अर्थमन्त्री बनेका थिए । महरा पश्चिम नेपाल र रोल्पाकै दोश्रा अर्थमन्त्री हुन । यो सरकारमा माओवादी, कांग्रेस र राप्रपाको सहभागिता थियो । यो सरकार २०७४ सम्म १० महिना मात्रै चलेको थियो ।

२०७४ सालमा कांग्रेस माओवादी र राप्रपा संलग्न सरकारको नेतृत्व शेरबहादुर देउवाले गरेका थिए । यो सरकारमा रोल्पाबाट कृष्णबहादुर महरा उपप्रधान तथा परराष्टू मन्त्रीको जिम्मेवारीमा थिए । यो सरकार ८ महिना मात्रै टिकेको थियो ।

२०७४ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा रोल्पाबाट वर्षमान पुन उर्जा, जलश्रोत तथा सिचाई मन्त्री बनेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको सो सरकारमा पुन पार्टी विभाजन आउनु पूर्वसम्म मन्त्री बनेका थिए । २०७८ सम्म ३ वर्ष ५ महिना टिकेको सो सरकार सर्वोच्च अदालतको परामादेशले विस्थापित भएको थियो ।

२०७४ सालको निर्वाचनमा एमालेसँग वाम गठबन्धन गरेको नेकपा माओवादी केन्द्रको तर्फबाट कृष्णबहादुर महरा सभामुख बनेका थिए ।

दश वर्ष लामो सशस्त्र युद्ध गरेको नेकपा माओवादी अहिले विभिन्न समूहमा विभाजित छ । हाल पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र, मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी, नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीको नेतृत्व गरेका बाबुराम भट्टराईले पार्टी विभाजन गरी केहि दिन अगाडिमात्र नेपाल समाजवादी पार्टी गठन गरेका छन् । यसका अतिरिक्त अन्य साना–साना समूह पनि अस्तित्वमा रहेका छन् ।

रोल्पामा पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र मुख्य शक्तिको रुपमा रहदा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको पनि प्रभावकारी उपस्थिति देखिन्छ । मोहन वैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी) माओवादी सामान्य अस्तित्व देखिन्छ । भने बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीको अत्विमा छैन । यहाँ अन्य माओवादी समूहको भने उपस्थिति देखिदैन ।

पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रको हाल रहेको ३७३ सदस्यीय केन्द्रीय समितिमा रोल्पाबाट कृष्णबहादुर महरा, वर्षमान पुन, कुलप्रसाद केसी, जयपुरी घर्तीमगर, ओनसरी घर्तीमगर, झक्कुप्रसाद सुवेदी, जोखबहादुर महरा, तारा घर्तीमगर, सीता आचार्य, शुकबहादुर रोका र मानबहादुर बुढामगर केन्द्रीय समितिमा छन् । यसैगरि सुरेन्द्र घर्तीमगर, पूर्ण केसी वैकल्पिक केन्द्रीय सदस्यमा परेका छन् ।

माओवादी केन्द्रको ३३ सदस्यीय स्थायी समितिमा रोल्पाबाट महरा, वर्षमान, ओनसरी र जयपुरी रहेका छन् । यसैगरी एक सय २५ सदस्यीय पोलिटव्युरोमा रोल्पाबाट कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्तीमगर, जयपुरी घर्तीमगर, कुलप्रसाद केसी, दीपेन्द्रकुमार पुनमगर, झक्कुप्रसाद सुवेदी र जोखबहादुर महरा रहेका छन् । पार्टीमा महराको उपाध्यक्ष र वर्षमानको महासचिवको चर्चा सुनिन्छ ।

कृष्णबहादुर महरा सभामुख, उपप्रधान तथा अर्थ मन्त्री भईसकेका व्यक्ति हुन । यसैगरि ओनसरी घर्ती सभामुख भईसकेकी छिन भने वर्षमान पुनले अर्थ लगायतका महत्वपुर्ण मन्त्रालय सम्हालि सकेका छन् । जयपुरी घर्तीमगर समेत महिला तथा बालबालिका मन्त्री भईसकेकी छिन भने अहिले प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिको सभापति छिन । कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री छन् । दीपेन्द्रकुमार पुन लुम्बिनी प्रदेश सभा सदस्य छन् । केन्द्रीय सदस्यहरु झक्कुप्रसाद सुवेदी, जोखबहादुर महरा र तारा घर्ती संविधान सभा सदस्य हुन ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा नेत्रविक्रम चन्द, सन्तोष बुढामगर, केशबहादुर बाँठामगर, अमरसिहं झाँक्रीमगर, खुमा सुवेदी, सन्तोषी विक, चुडामणी वली, नन्दबहादुर बुढामगर र सुन्दर वली केन्द्रीय समितिमा रहेका छन् । चन्द महासचिव, बुढामगर सचिवालय सदस्य रहदा अरु सबै केन्द्रीय सदस्य हुन ।

यसैगरि चन्द नेतृत्वको नेकपाको केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर, केन्द्रीय सदस्यहरु खुमा सुवेदी र सन्तोषी विक संविधान सभा सदस्य हुन ।

मोहन वैद्य नेतृत्वका नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय सदस्य रहेका रोल्पाका कुमार शाह अहिले पार्टीमा सक्रिय छैनन् उनले पत्रकारिता रोजेका छन् ।