हामीले जलजला क्याम्पसको भविष्यबारे सोच्न नपाउनु ?

मान्छेले जति बुझ्न सक्छ त्यति नै त्यो कुराको बारेमा टिप्पणी गर्न सक्छ् । केहि दिन अगाडि देखि बन्द रहेको जलजला क्याम्पसको कुरालाई लिएर अनेकथरी टिकाटिप्पणी भए। जलजला क्याम्पस भनेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त क्याम्पस हो ।

खास हामी पढ्ने विद्यार्थी हौँ । हामिलाई पनि थाहा छ । स्कुल भनेको मन्दिर हो । तर पनि यो भन्दा अगाडिका समयमा जलजला क्याम्पसलाई राम्रो बनाउनको लागि आवश्यक रहेका कुराहरुको माग गर्दै धेरै पटक ज्ञापन पत्र बुझायौँ ।

कतिपय माग पूरा भए भने कतिपय माग पुरा हुन अझै बाँकी छ ।मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सम्पूर्ण शाखाहरुका विद्यार्थी र प्राध्यापकहरुले पाउनुपर्ने सेवासुविधा तथा उच्च पदस्थ व्यक्तिबाट भएका गलत हर्कतहरुलाई सुधार्नु पर्छ भन्ने माग राख्दै केन्द्रीय कार्यालय सुर्खेतबाट नै क्याम्पस बन्द गर्ने भन्ने निर्णय आइसकेपछि हामिले पनि राम्रो कामको लागि साथ दिनुपर्छ भन्ने हेतुले गत साउन १८ गते क्याम्पस बन्द गर्यौ । जहाँ जलजला क्याम्पस छैटौँ नम्बरमा थियो । हामीले हाम्रो क्याम्पसको आन्तरिक मागहरु पनि समावेस थिए ।

सबै शाखा क्याम्पसहरु एक भएर मध्यपश्चिमाञ्चल विश्वविद्यालय राम्रो बनाउनुपर्छ भन्ने कुरामा सहमत जनाउँदा जलजला क्यामपसमा राजनीती छिरायो भनि टिकाटिप्नी सुरु भएको छ । राजनीती आफ्नो ठाउँमा छ । सायद कुनै पार्टीको धारणा नबोकेको न त कुनै शिक्षक छ न त कुनै विद्यार्थी नै । तर क्याम्पसमा राजनीती हुन दिनुहुन्न भन्ने उदेश्यले सबै हामी एक हौँ ।

एक भएर क्याम्पस राम्रो बनाउ भन्ने सोचार्इका साथमा जलजला क्याम्पसमा पनि साझा विद्यार्थी मञ्च भनेर विद्यार्थीको सङ्गठन बनाइयो ।

साझा विद्यार्थी संगठनमा विभिन्न राजनीति दलका भातृय संगठनमा आवद्ध भएका व्यक्तिहरु छन् । काँग्रेस, माओवादी, एमालेका मात्र छैन भने, यसलार्इ तपाइहरु कसरी राजनीती भन्न सक्नुहुन्छ ? के हामी राम्रो कामको लागि एकजुट भएर आवाज उठाउन नपाउनु ? क्याम्पस हाम्रो थलो हो । हामीले क्याम्पसको भविष्य बारे सोच्न नपाउनु ? या राजनिती गर्यो भन्दै कराउनेई हरु तपाआफै आएर क्याम्पस सुधार गर्नुहुन्छ ? अब उत्तर तपाइहरु नै दिनुस् । हो आउनु हुन्छ तपाइ, क्याम्पस परिसर हेर्नुहुन्छ, हामी गर्छौ पनि भन्नुहोला तर त्यहा तपाई कुनै राजनितीक दल भएर आउन पाउनु हुदैन । कुनै पनि पार्टीको कार्यकर्ता भएर आउनु पाउनु हुन्न ।

हामी हाम्रो लागि आवाज उठाउँदा तपाइलार्इ टाउको दुख्छ । राजनीती गरेको जस्तो लाग्छ, भने साझा विद्यार्थी मञ्चका सदस्यहरुको बारेको बुझ्नुस् त्यहा कुन—कुन पार्टीका विद्यार्थीहरु समावेश छन । यदि त्यहा एउटामात्र पार्टीका विद्यार्थी रहेको ठहर भयो भने बल्ल भन्न पाउनुहुन्छ । कि राजनीती ग¥यो भनेर । नत्र टाउको दुखाइ किन त ? यदि त्यसो नै हो भने हामी विद्यार्थीहरुले छोड्दिन्छौ त्यो ठाउँ तपाइहरु आएर क्याम्पस सुधार गर्दिनुस् । आवश्यक मागहरुको बारेमा कुरा उठाइदिनुस्।

अनि बल्ल तपाइलार्इ एक पटक तालि पिट्न योगे मान्छौँ हामी पनि । त्यसकारण कुनै कुरामा गलत टिप्पणी गर्नुभन्दा अगाडि त्यो कुरालाइ भित्रैदेखी नियाल्नुपर्छ। शिर्षक पढेर मात्र हुँदैन, त्यसका भित्री रहस्य पनि बुझ्न जरुरी छ ।हामी पनि मान्छे हौँ । हामिलार्इ पनि थाहा छ । के गर्ने के नगर्ने भन्ने कुरा ।त्यसैले कुनै कुरा प्रती चासो नै छ भने कमसेकम त्यो कुराको कारण खोज गर्नुपर्छ । गम्भिरता देखाउनुपर्छ । नत्र दोस्रो व्यक्तिले गरेका कामहरुमा भाजो हाल्नु उचित हुदैन ।

प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस