मेरो तीन वर्ष (२०७७ फागुन १ देखि २०८१ साउन ३२ गतेसम्म)को रोल्पा बसाइ निकै महत्वपूर्ण रह्यो । यति लामो समयपनि छिटै गएको जस्तो महसुस भएको छ ।
रोल्पामा कामगर्दै गर्दा गाउँगाउँबाट आँखाका समस्या लिएर आएका धेरै बिरामीहरूको उपचार गर्ने अवसर पाएँ । अस्पतालमा बिरामीहरू जाँच गर्दै गर्दा गाउँगाउँ गएर आँखा स्वास्थ्य बारेमा सेवा दिने र शिक्षा दिनुपर्छ भन्ने मलाई लागेको थियो । त्यो मैले एक्लै गर्न सक्ने अवस्था थिएन । आखाँको बारेमा ग्रामीण क्षेत्रका विद्यार्थीलाई जानकारी ग¥यो भने विद्यार्थीहरूले आफ्नो आँखाको राम्रोसँग ख्याल गर्न सक्छन् ।
रोल्पाका ग्रामीण क्षेत्रमा गएर आँखाको चेकजाँज गरियो भने अस्पतालमा बोलाएर आँखाको राम्रो उपचार गर्न सकिन्छ भन्ने मेरो मनमा लागेको थियो । त्यो सोच पुरा गर्नका लागि सत्प्रयास समूहले मलाई सहयोग ग¥यो । विभिन्न संस्थासँगको सहयोगमा सत्प्रयास समूहले आँखा शिविरको आयोजना ग¥यो । त्यसमा मैले जाने मौका पाएँ । त्यहाँ गएर विद्यार्थीहरूलाई आँखा स्वास्थ्य सम्बन्धी शिक्षा दिने अवसर मैले पाएँ ।
कतिपय विद्यार्थी र तीन अभिभावकलाई थाहा नै छैन आँखा चेकजाँच गराउनु पर्छ । रोल्पाका दुर्गम क्षेत्रका विद्यालयमा गएर अभिभावकलाई आँखाको बारेमा जानकारी गराएपछि उहाँहरूले आँखाको पनि चेकजाँच गर्नुपर्छ भन्ने थाहा पाउनु भयो ।
रोल्पाका जनताहरू मलाई एकदमै सोझो लाग्यो । यहाँका जनतालाई स्वास्थ्यको बारेमा खासै ज्ञान छैन । आँखामा चोट लाग्दा पनि आफै निको हुन्छ भनी लामो समयसम्म घरमै बसिरहेको पाएँ । आँखाको समस्या गम्भिर भएपछिमात्र अस्पताल आउने गरेको पाएँ ।
रोल्पाका जनताले छालाको रोग जस्तै मानेर आँखाको बारेमा खासै वास्ता नगरेको जस्तो पाएँ । गाउँघरमा शिक्षाको अभाव छ । सत्प्रयास समूहले आँखा स्वास्थ्य सम्बन्धी गाउँगाउँमा गएर शिविरहरू चलाउनु पर्छ ।
गरिबीका कारण यहाँका जनतालाई बिरामी भएर पनि अस्पताल आउन नसक्ने अवस्था रहेको छ । रोल्पाका धेरै जस्तोले आर्थिकको अभावका कारण समयमै उपचार पाउन सकेका छैनन् । राज्यले यस्तो व्यवस्थालाई हल गर्ने मेसो पनि मिलाउनु पर्छ ।
मैले अस्पतालमा काम गर्दैगर्दा एक जना ७० वर्षका बुवा थबाङबाट उपचार गर्न आउनु भयो । उहाँलाई मोतिया विन्दु भएको धेरै भएको रहेछ । उहाँले आर्थिक अभावकै कारण उपचार गर्न सक्नु भएको रहेनछ ।
अस्पतालसम्म समयमै आएको उपचार केही न केही उपाय गरेर उपचार हुन्थ्यो नि भन्दा थबाङबाट लिबाङको अस्पतालसम्म आउने भाडा समेत नभएको वताउनु भयो । त्यो कुराले मलाई भावुक बनायो । यस्ता खालका समस्या रोल्पामा धेरै रहेका छन् । यस तर्फ रोल्पा जिल्लामा के गर्न सकिन्छ, सबैले सोच्न आवश्य छ ।
(रोल्पा अस्पतालमा करिव तीन वर्ष सेवा गरेर र सत्प्रयास समूहले आयोजना गरेको स्वास्थ्य शिविरमा समेत स्वंसेवी रुपमा उपचारमा संलग्न रही अध्ययन विदामा जान लागेकी नेत्र सहायक दिपा भण्डारीको अनुभव सुन्ने र सम्मान सहित बिदाइ गर्न सत्प्रयास समूहले आयोजना गरेको कार्यक्रममा उनले राखेकी अनुभव मन्तव्यबाट )