
५ भदौ, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल धागो कारखनामा रहेको कोरोना विशेष अस्पतालको आइसियूमा रहेका उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
प्युठान स्वर्गद्धारी—७ का ती पुरुषको आइसियूमा उपचारका क्रममा मृत्यु भएको हो । १ भदौदेखि उनी अस्पतालको आइसियूमा उपचाररत थिए ।
प्रकाशित मिति : २०७७ भाद्र ५ गते शुक्रवार