५भदौ, काठमाडौँ । सुरुवाती अग्रता जोगाउन नसक्दा रोमाञ्चक खेलमा बोरुसिया डर्टमण्ड जर्मन बुन्डेसलिगा फुटबलमा वेर्डेर ब्रेमेनसंग ३-२ले पराजित भएको छ। शनिबार राति घरेलु मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा डर्टमण्ड पहिलो हार बेहोर्न बाध्य भयो।

डर्टमण्डका जुलियनले ४५औं मिनेटमा अग्रता दिलाए। ७७औं मिनेटमा राफाएल गुइरेलोले गोल गर्दै २-० बनाए। तर, खेलको अन्तिम ११ मिनेट जोगिन नसक्दा डर्टमण्ड हार बेहोर्न बाध्य भयो।

खेलको ८९औं मिनेटमा ली बुचाननले खेल २-१ को स्थितिमा ल्याए। यसपछी इन्जुरी समयमा निक्लास र ओलिभर बुर्केले गोल गर्दै ब्रेमेनलाई जित दिलाए। हारसंगै डर्टमण्ड ६ अंक जोडेर सातौं स्थानमा छ। जितसँगै ब्रेमेनले ३ खेलमा ५ अंक जोडेर आठौं स्थानमा छ।

यस्तै, अन्य खेलमा आरबी लाइपजिक युनिअन बर्लिनसंग २-१ ले स्तब्ध भयो। जितसंगै बर्लिन ७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।