काठमाडौंमा उपत्यकामा थपिए ३७७ संक्रमित

११ भदौ,काठमाडौं । काठमाडौं उपत्यकामा थप ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३७७ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस