१५भदौ,रोल्पा । रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नम्बर ६ गजुलका निमबहादुर दमाईलाई आर्थिक अभावका कारण मृत्युसँग लडिरहेका छन् ।

घरको कमजोर आर्थिक अवस्थाका कारण रोजगारीमा भारत गएका उनले कपडा कम्पनीमा काम गर्ने शिलसिलामा ५ वर्ष अघि फोर्गिलिप चलाइरहेको बेला माथिबाट सामान खसेर ढाडमा लाग्दा गम्भीर घाइते भएका थिए ।

उपचारका लागि अस्पताल लैजादा अस्पतालले ढाड भाचिएको बताएको थियो । ढाड भाचिएको र कम्मरमुनिको भागले काम नगर्ने भएपछि कष्टकर जीवन बिताई रहेका छन् ।

चोट लागेको भागमा अहिले ठूलठूला घाउ र प्वाल परेका छन् । श्रीमान–श्रीमती मात्रै रहेका उनको परिवारको सबै सम्पत्ति उपचारका क्रममा सकिएको छ ।

भतिजाहरुको रेखदेख र हेरचाहमा रहेका उनले अस्पतालमा उपचार गर्दा लागेको खर्च बुझाउन नसक्दा अस्पतालले निकाल्ने धम्की दिईरहेको रमेश सुनारले जाजकारी दिए ।

आर्थिक सहयोग गरेर विरामिको जीवन रक्षा गरिदन भारतमा रहेका नेपालीहरुले सहयोगी मनहरुका अपिल गरेका छन् ।