थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि

२२भदौ,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टाको थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस