रोल्पाको दश स्थानीय तह मध्य सुनछहरी गाउँपालिका पनि एक हो । मनामोहक प्रसिद्ध सुनछहरी झरनाको नामबाट नामाकरण गरिएको यस गाँउपालिकाको केन्द्र पोबाङमा रहेको छ । साविकका ६ वटा गाउँ विकास समितिहरु मिलाइएर बनेको यस सुनछहरी गाँउपालिका भौगौलिक विगटताका, शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, सञ्चार, लगायत हरेक क्षेत्रबाट राेल्पाका अन्य स्थानीय तह भन्दापछाडि छ। सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरसँग समसामयिक विषय केन्द्रित रहेर अनलाइन साझाका लागि मिनराज रोकाले गरेकाे कुराकानी सारसङ्क्षेप।
१. तपाई निर्वाचित भएदेखि अहिलेसम्मको अवधिमा केके गर्नु भयो ?
निर्वाचित भएको अहिलेसम्मको अवधिमा पहिलेका जनप्रतिनिधीका कार्यकालमा बाँकी रहेका कामलाई निरन्तरता दियौँ । हामीले गाउँपालिकाले बनाएका ऐन र कार्यविधिमा टेकेर अगाडि काम गर्दै आई रहेका छौँ । मगर भाषाबाट कक्षा सञ्चालन गर्ने कुरालाई कार्यन्वयन गर्दै छौँ ।
स्वास्थ्य क्षेत्रमा निकै ठूलो चुनौति थियो । दुर्घटना वा सामान्य बिरामी पर्दा समेत गाडीहरु खोज्नुपर्ने अवस्था थियो । त्यो अवस्थालाई अत्य गर्नका लागि म निर्वाचित भई आउने वित्तिकै उपराष्टूपतिको कार्यालय मार्फत इन्डियन एम्बेसीसँग समन्वय गरेर शुन्य लागतमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउने काम गरे । जसले गर्दा यहाँका जनतालाई राहत मिलेको छ ।
अहिलेसम्म सुनछहरी गाउँपालिकामा राजपत्र प्रकाशित भएको थिएन ।
अघिल्लो सरकारले बनाएका कानुन, एन, कार्यविधिहरु र अहिले हामीले बनाएको समेत गरेर पहिलो पटकस्थानीय राजपत्र प्रकाशन गरेका छौँ । यसले हाम्रो कानुनहरु नियम एन तथा कार्यविधिहरु अथवा डकुमेन्टहरु एउटै किताबमा केन्द्रीत गरेका छौँ ।
२. किसानका लागि केके गर्नु भयो ?
हामीले कृषि क्षेत्रमा जनतालाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने उदेश्यका साथ हेफर नेपाल र गाउँपालिका बीचमा साझेदारी गरेका छौँ । हेफरसँग गरिएको साझेदारीमा गाउँपालिकाले ७० प्रतिशत र हेफर नेपालले ३० प्रतिशत आर्थिक भार व्यहोर्ने सहमति भएको छ । यो कार्यक्रम सहिद परिवार समाज नेपाल अर्घाखाचीको संस्था मार्फत अगाडि बढाउदै छौँ । हेफरसँग एक वर्षका लागि हामीले त्यो योजना लागु गरेका छाैँ । यसबाट सुनछहरी गाउँपालिका किसानहरुलाई कृषि तथा पशुमा आत्मनिर्भर बनाउने योजना छ । सोहि कार्यक्रम अन्तर्गत हामीले कार्यक्रमको निम्ती लेखा र प्राविधिक संयोजक र पाचँ जना फिल्द कोडिनेटर गरेर ८ जना कर्मचारी नियुक्त गरी काममा खटाएका छौँ । उनिहरुको तलब, भ्रमण, पोषण लगायत सबै हेफरद्धारा लगानी हुने छ। ३० प्रतिशतबाट नै कर्मचारिहरुले सेवासुविधा पाईरहेका छन् । अब आगामी आर्थिक वर्षमा हामीले सात वटै वडामा कृषि संकलन केन्द्रहरु बनाउदै छौँ । त्यसैले हामी प्रत्येक हप्ता वडाबाट कृषि उपज संकलन गर्ने र बजारीकरण गर्दै जाने छौँ ।
३. शिक्षा क्षेत्रमा के गर्नु भयो ?
शिक्षा क्षेत्रमा हामीले शिक्षक कार्यसम्पादन मुल्याङकन कार्यविधि बनाई लागु गरेका छौँ । यसले धेरै हतसम्म शिक्षकहरुलाई कन्टूोलमा लिएको छ । शिक्षक कार्यसम्पादन मुल्याङकन कार्यविधि लागु भएपछि शिक्षामा केहि सुधारको भएको अपेक्षा हामीले गरेका छाँै । अर्काे कुरा विद्यालयमा दरबन्दीअनुसार शिक्षक नहुँदा पनि समस्या भएको छ । हामीले दबन्दी अनुसार शिक्षक ल्याउन धेरै जोड ग¥यो तर सफल हुन सकेका छैनौँ । शिक्षक आवश्य प¥यो भनेर पटक पटक विज्ञापन खोलेपनि शिक्षक आउँदैन । शिक्षमा धेरै समस्या छ । यसलाई हामी सुधार गर्ने कोसिस गरिरहेका छौँ ।
४. तपाईको पालिकामा धेरै विद्यार्थी बीचमा पढाई छोड्ने समस्या छ । यसलाई रोक्नको लागि के गर्दै हुनुहुन्छ ?
हो, हाम्रो पालिकामा बीचमा पढाई छोड्ने समास्या छ । यहाँका विद्यालयमा पढाई राम्रो भएन भनेर सुलिचौर, लिबाङ अथावा जिल्ला बाहिर जाने गर्दछन् । कतिपया अंग्रेजी माध्यमा पढ्ने भन्दै बाहिर जाने गरेका छन् । हाम्रो सुनछहरी गाउँपालिकामा एउटा मात्र बर्डिङ स्कुल रहेको छ । कक्षा तीनसम्म थियो अहिले चारसम्म भएको छ सायद थोरै विद्यार्थी रहेका छन् ।
अभिवाक र विद्यार्थीहरु यहाँ पढाई राम्रो छैन भन्दै बाहिर जाने गरेका कारण पनि बीचमा पढाई छोड्नेहरु धेरै छन् । हामीले बुझ्नु पर्ने विषय के हो, भने बोर्डिङमा पढ्ने कुन शिक्षकले लोकसेवा आयोग पास गरेर आयो ? त्यहाँ पढाउने कुन शिक्षकले अध्यापन अनुमतिपत्र प्राप्त गरेर आएको छ ? सरकारी विद्यालयमा काम गर्ने शिक्षकले कम्तीमा लोकसेवा आयोग पास गरेर स्थानीय बनेर आएको हुन्छ ।
करारमा आउनेहरुले पनि कम्तीमा अध्यापन अनुमतिपत्र प्राप्त गरेर आएका हुन्छन् । यति प्रतिस्पर्धा गरेर आएका शिक्षकले पनि किन यति कम्जोर पढाए भन्दा सरकारी विद्यालयहरुको व्यवस्थापकीय पक्ष कम्जोर भयो र लोकसेवा लडेर आएका कर्मचारीहरुले सरकारलाई नटेर्ने अवस्था छ।
हामी स्थायि कर्मचारी हौँ । हामीलाई कसैले हटाउन मिल्दैन भन्ने प्रवृतिका कारण सरकारी विद्यालयमा पढाउने शिक्षकले दिन गुजार्ने काम मात्र भएकाले शिक्षामा सुधार नभएको हो । यो कुरा सुधार गर्नुपर्छ । यसको निम्ती निरन्तर सुधारको प्रकृयामा रहेका छौँ । गएको एक वर्षमा विशेष गरि विद्यालयका प्रधानाध्यापकविभिन्न खालका तालिम दिएका छौँ । परामर्शहरु गरेका छौँ । यो वर्ष भने हामी प्राक्टिसमा जाँदैछौ । हामी शिक्षकहरुको कार्यप्रगति अथवा कार्यविधि बनाइरहेका छौँ । शिक्षामा सुधार गछौँ भनि शिक्षकहरुले एउटा फारम भर्नुहुन्छ ।
फारममा भरेको अनुसार शिक्षकले काम नगरेमा हामीले त्यस्ता शिक्षकलाई कारबाहि गर्ने अवस्था पनि आउन सक्छ । म सुनछहरी गाउँपालिामा बसेर सत्ता चलाउँदै गर्दा जति अप्ठ्यारो छ । अन्य पालिकामा त्यति अप्ठयारो छैन । उदाहरणको लागि मेरो पालिका, गढवा पालिकामा जस्तै भएको भए दिनदिनै मान्छे चेन्ज गर्थे, किन भने काम नर्ने मान्छे चेन्ज गर्न पाईयो नि, तर यहाँ त मान्छे आउँदैन्न, जागिर खान पनि खोजेर ल्याउनु पर्ने अवस्था छ ।
जनप्रतिनिधिले सत्ता चलाउने होइन कर्मचारीले चलाउने हो । विद्यालय जनप्रतिनिधिले चलाउने होइन, शिक्षकले चलाउने हो । खोजेर ल्याइएको छ । फकाएर राम्रोसँग पढाउनुस है भन्नु पर्ने स्थिती छ । शिक्षमा कसरी सुधार छलफल गरिरहेका छाैँ ।
५. प्रत्येक पालिकामा आधारभुत अस्पताल बनाउने सरकारले घोषणा थियो ? तर अहिलेसम्म अस्पतला बन्न नसक्नुको कारण के हो । ?
तत्कालिन प्रधानमन्त्रि केपी शर्मा ओलीले सस्तो लोकप्रियताका लागि डिजिटल उद्धघाटन गर्नुभयो । एउटा राजनीतिक अभियान अन्तर्गत एक स्थानीय तह एक सुविधा सम्पन्न अस्पताल भनेर ल्याईयो । अस्पताल चल्छ की चल्दैन, चलाउन सकिन्छ की सकिन्न भन्ने कुराको माप नै नगरि शिलान्यास गरियो ।
अस्पतालको नक्सा बनाउनको निम्ती एउटा कन्सल्टेन्सिलाई जिम्मा दिईयो । कन्सलटेन्सीले नक्सा बनाएको रहेछ । नक्सा अनुसार डिपीआर गर्दा यहाँको भूगोल अनुसार दुईतलाको बनाउने त्यो पनि जमिन अनुसार कटमा बनाउने भन्ने नक्सा तयार भएको रहेछ ।
नक्सा तयार भई सकेर आएपछि ठेक्का अगाडि बढ्यो । तर इन्जिनियरले भूगोल अनुसार अस्पताल भवन बनाउ सम्भव छैन भनेपछि रोकिएको हो । नयाँ नक्सा पनि आइसकेको छ, अब काम अगाडि बढाउने योजना छ । नयाँ नक्सा अनुसार निर्माण कम्पनीले घाटा लाग्छ । बजेटमा हेरफेर गर्नुपर्छ भनि काम अगाडि बढाएको छैन ।
अर्को कुरा हामीले पाँच शैयाको भनेका छाैँ । पाँच शैयाको अस्पताल बनाउँदा वित्तिकै एकजना विशेषज्ञय डाक्टर राख्नु पर्नेहुन्छ । विशेषज्ञय डाक्टरले कम्तीमा डेढ लाख भन्दा तलको तलब खान्छ । त्यति धेरै तलब दिएर यहाँ राख्न सक्ने अवस्था हुन्छकी हुँदैन । अहिले जिल्ला अस्पतालमै विशेषज्ञय डाक्टर भएर समस्या भएको छ । जिल्ला अस्पतालमै निकायलाई गुहारेर तलब खुवाउनु परिरहेको छ । त्यसैले सुनछहरीमा अस्पताल बनाउने मैले सम्भव देख्दैन ।
केही दिन अगाडि मात्र संघीय सरकारमा मार्फत स्वास्थ्य मन्त्रालयबाट एउटा पत्र हामीलाई प्राप्त भएको छ । स्थानीय तहमा बन्दै गरेका र बनि सकेका ५, १० र १५ श्ययाको अस्पतालहरुको सम्पूर्ण जनशक्तिहरुको व्यवस्थापन आफैले गर्नु भनेर सर्कुलर आएको छ । अस्पताल सञ्चालन, कर्मचारी परिचालन, डाक्टर व्यवस्थापन, मेसिनको व्यवस्थापन देखि सबै समग्री व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने छ । यो व्यवस्थापन गर्न हामीले सक्दैनौ ।
पाँच शैयासम्मको अस्पताल पूर्वी रोल्पाको तीन वटा पालिकाहरु सुनछहरी, लुङ्ग्री र सुनिलस्मृति गाउँपालिकाको सेन्टर पर्ने सुलिचौरमासम्म सम्भव रहने देखिन्छ । एक ठाउँमा गरिदिएकाे भए निकै राम्रो हुँन्थ्यो । जसंख्या, भूगोल, स्थानीय तहहरुको आन्तरिक स्रोतको अवस्था केही पनि मापन नगरी हचुवाको भरमा ७५३ वटै स्थानीय तहमा डिजिटल उद्धघाटन भयो । जसले गर्दा हामीले समस्या परेको छ ।
६. अस्पताल सञ्चालन गर्न सक्दैनौ भन्दै गर्दा यहाँका जनता आधारभुत स्वास्थ्य सेवा पाउनेबाट बन्चित हुँदैन्न ? जनताको स्वासथ्य माथि खेलवाद गर्न मिल्छ ?
त्यो खेलवाद होइन राज्यले संविधानमा लेख्ने कुरा एउटा हो । विशेषज्ञय डाक्टर सहितको सेवा दिने कुरा राज्यले सक्छ की सक्दैन, यहाँ त्यतिको विरामी आउँछन की आउदैन्न ? जनताले अधारभुत सेवा दिने भन्ने कुरा अहिले जे दिई रहेको छ त्यही हो । सामान्य सिटामोल पाउने कुरा आधारभुत चेकजाँच, खोप जस्ता कुरा हामीले पु¥यान सकेनौँ भने त्यो जनताको स्वास्थ्य माथिको खेलवाद हो । तर विशेषज्ञय डाक्टर सहित अस्पताल सञ्चालन जस्तो कुरा सजिलो छैन् । कि स्वास्थ्य, शिक्षा जस्ता आधरभूत विषयमा पूर्ण रुपमा राज्यले निशुल्क व्यवस्था गर्नुप¥यो ।
अहिले पनि स्वास्थ्यमा ५० प्रतिशत निजिकरण छ । त्यसकारण निजि मेडिकलमा राम्रो हुन्छ भन्ने छ त्यसैले मान्छेहरु निजिमै गैरहेको अवस्था छ । जनलाई निशुल्क स्वाथ्य सेवा दिनका लागि सरकारले निजि अस्पताल र मेडिकलहरु आफ्नो स्वामित्वमा ल्याए मात्र सुनछहरी गाउँपालिका जस्तो विगत ठाउँमा विशेषज्ञय डाक्टर सहितको सेवा सञ्चालन गर्न सकिन्छ ।
७. पर्यटन क्षेत्रको विकासका लागि के छ योजना ?
अहिले हामीले प्रचारप्रसार र आवश्यक भौतिक संरचनाहरु निर्माण निर्माण गर्ने काम गरिरहेका छौँ । मुख्यतय हाम्रो गाउँपालिका भित्र सुनछहरी झरना छ । सुनछहरी झरनाकोे प्रचार-प्रसार संरक्षण र थप पर्यटकीय विकासका लागि भौतिक पूर्वाधारहरु निमार्ण गर्ने काम भईरहेको छ । यसलाई अझ थप प्रचारप्र-सार गर्नको निम्ती हामीले यस वर्ष समग्र पर्यटन पूर्वाधार विकास गुरु योजना भनेर यस बर्ष बजेटको व्यवस्था गरेका छौँ ।
हामीले सुनछहरी झरना बिवाङदह, कोठी भीर, जलजला, बजुधुरी लगायतका पर्यटकी गन्तव्यहरु एउटा डकुमेन्टूी निर्माण गरी प्रचार-प्रसार गर्ने काम गर्दै छौँ । पर्यटकी गन्तव्यको संरक्षण र विकासका लागि गुरुयोजना बनाउने काम पनि भई रहेको छ ।
सुनछहरी झरनाको यस गाउँपालिकाको मात्रै नभएर जिल्लाकै विशेष महत्व बकेको पर्यटकीय क्षेत्र हो । झरनामा मानिसको आवतजावत बढ्नुपर्ने समयमा पानी केही कम हुने र बर्खायाममा पानिको बहाव बढ्ने भएकाले झरनालाई हामीले चाहेर पनि त्यति प्रचार प्रसार गर्न सकेका छैनौ । झरना हेर्न लायक भएको समयमा सडकहरुमा पहिरो जादा बाटो बन्द हुन्छ । पर्यटकहरु हिडेर जान नसक्ने अवस्था लगायतका विभिन्न समस्याहरु छन् । यि समस्यालाई समाधान गर्न गुरुयोजना बनाउँदै छौँ । दुईवटा शिर्षकामा ३५ लाख रकम त्यहाँ आएको छ । झरना हेर्नका लागि आवश्यक पर्ने संरचनाहरु निर्माण गरी बाह्र महिना पर्यटक भित्राउने वातावरण तयार गछौँ ।