एसिया कपः पाकिस्तानविरुद्ध भारतको २०० रन पूरा

२५भदौ, काठमाडौँ । एसिया कप अन्तर्गत सुपर फोरको जारी खेलमा भारतले पाकिस्तानविरुद्ध २०० रन पूरा गरेको छ।

श्रीलंकाको कोलम्बोमा जारी खेलमा भारतले पाकिस्तानविरुद ३२।५ ओभरमा २०० रन पूरा गरेको हो। आइतबारको खेलमा पाकिस्तानले टस जितेर भारतलाई पहिले ब्याटिङ गर्नका लागि निम्तो दिएको थियो। भारतले निर्धारित ५० ओभरमा २४ दशमलव १ बल खेल्दै २ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो।

भारतका लागि ओपनर तथा कप्तान रोहित शर्मा ४९ बलमा ५६ रन बनाएर आउट भएका थिए भने अर्का ओपनर शुभमन गिलले ५२ बलमा ५८ रन बनाएर आउट भएका थिए।

तर, वर्षाका कारण खेल हुन नकसेपछि भारत र पाकिस्तानबीच खेलमा ‘रिजर्भ डे’राखिएको थियो। खेल आज आइतबारको स्थितिमा रहेको रन स्कोरबाट सुरु भएको थियो। क्रिजमा अहिले विराट कोहली र के।एल राहुल छन्।

आजको खेल यदि फेरि स्थगित भयो भने दुवै टोलीले एक एक अङ्क बाँड्ने छन्।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस