
२५भदौ,काठमाडौँ । एसिया कप अन्तर्गत सुपर फोरको जारी खेलमा भारतले पाकिस्तानलाई ३५७ रनको लक्ष्य दिएको छ।
भारतले ५० ओभरमा दुई विकेट गुमाउँदै ३५६ रन बनाएको हो। आइतबार श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो। आइतबार भारी वर्षाको कारण खेल रद्द भएको थियो। भारत र पाकिस्ताबीचको खेलमा रिजर्भ डे राखिएको हो। खेल आज आइतबारको स्थितिमा रहेको रन स्कोरबाट सुरु भएको थियो।
भारतका लागि विराट कोहली र के एल राहुल नटआउट रहे। विराटले ९३ बलमा १२० रन बनाए भने के एल राहुलले १११ बलमा १०६ रन बनाए।
त्यस्तै, भारतका ओपनर तथा कप्तान रोहित शर्मा ४९ बलमा ५६ रन बनाएर आउट भए। रोहित शादब खानको बलमा फहिम अशरफबाट क्याच आउट हुन पुगे। त्यस्तै, अर्का ओपनर शुभमन गिलले ५२ बलमा ५८ रन बनाएर आउट भएका थिए। उनलाई शाहिन शाह अफ्रिदीको बलमा अघा सलमानबाट क्याच आउट भएका थिए।
