चेल्सीको विजयी सुरुवात

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ । सोमबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सी ३–१ गोलले विजयी भएको हो ।

चेल्सीलाई जित दिलाउन जोर्गिन्हो, रीसे जेम्स र कुर्ट जुमाले एक एक गोल गरे । ब्राइटनका लागि लेअन्द्रो ट्रोसर्डले एक गोल फर्काए ।

खेलको २३ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । स्ट्राइकर टिमो वेर्नरलाई पेनाल्टी क्षेत्र भित्र गोलरक्षकले लडाएपछि पाएको पेनाल्टीमा जोर्गिन्होले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

त्यस्तै ५४ औं मिनेटमा ब्राइटनका लेअन्द्रोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । उनले टरिक लाम्पटीको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट सशक्त प्रहार गर्दै गोल गरेका थिए । तर, त्यसको दुई मिनेट नबित्दै जेम्सले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाए । उनले जोर्गिन्होको पासमा गरेको प्रहार गोलमा परिणत भएको थियो ।

६६ औं मिनेटमा कुर्टले गोल गरे । उनले जेम्सको कर्नर प्रहारमा गरेको प्रहार ब्राइटनका डिफेन्डरलाई लाग्दै गोलमा फरिणत भएपनि चेल्सीले ब्राइटनमाथी ३–१ गोलको जित निकालेको हो । यस जिससँगै चेल्सीले लिगमा तीन अंक जोड्दै लिगको सुरुवात गरेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस