
३० भदौ, काठमाडौं । बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् ।
मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन् । गत वर्ष पोर्चुगिज रोनाल्डो सर्वाधिक कमाउने खेलाडी रहेका थिए ।
फोर्ब्सको सूची मेस्सीको कमाई १ सय २६ मिलियन अमेरिकी डलर रहेको छ । रोनाल्डोको १ सय १७ मिलियन डलर रहेको छ ।
यी हुन् सर्वाधिक कमाइ गर्ने १० खेलाडी
- लियोनल मेसी– १२६ मिलियन अमेरिकी डलर
- क्रिस्टियानो रोनाल्डो- ११७ मिलियन डलर
- नेमार– ९६ मिलियन डलर
- किलिएन एमबाप्पे- ४२ मिलियन डलर
- मोहम्मद सालाह- ३७ मिलियन अमेरिकी डलर
- पउल पोग्बा- ३४ मिलियन अमेरिकी डलर
- एन्टोनी ग्रीजमन- ३३ मिलियन अमेरिकी डलर
गारेथ बेल- २९ मिलियन अमेरिकी डलर - रोवर्ट लेवान्डोस्की-२८ मिलियन अमेरिकी डलर
- डेविड डे हेअ- २७ मिलियन अमेरिकी डलर
प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार