कोरोना शंकास्पद व्यक्तिको मृत्यु भएमा पीसीआर परीक्षण नगरिने

३१भदौ,काठमाडौं । कोरोना शंकास्पद व्यक्तिको अब मृत्यु भएमा पीसीआर परीक्षण नगरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना शंकास्पद व्यक्तिको मृत्यु भएमा पीसीआर परीक्षण नगर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रा।डा जागेश्वर गौतमले शंकास्पद व्यक्तिको मृत्यु भएमा मृतकको नमुना संकलन भइरहेकोमा अब यसो गर्न नपर्ने जानकारी दिए ।

उनले शवबाट नमुना निकाल्न नपर्ने तर मृतकको सम्पर्कमा आएकाहरुलाई भने क्वारेन्टिनमा राख्नुपर्ने बताए ।

अन्त्येष्टि गर्दाभने पूर्ण सावधानी अपनाउनुपर्ने उनले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस