१ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२४६ जनमा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ।