नेपालमा एकै दिन २हजार२० जनामा कोरोना संक्रमण

२असोज,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए । एकै दिन कोरोना भाइरस संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै धेरै हो ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ६१ हजार नाघेको छ । आजसम्म ६१ हजार ५ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १७ हजार ३ सय ८३ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार २ सय ९५ जना छन् भने ८ हजार ८८ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ८ सय ७१ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको मन्त्रालयको तथ्यांक छ । संक्रमणमुक्त हुने दर ७१.१ प्रतिशत रहको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ८ लाख ९४ हजार ३ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ७ हजार ७ सय ३६ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस