
६असोज,काठमाडौँ । काठमाडौं उपत्यकामा आज ६ सय ४७ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । आज काठमाडौंमा ५ सय ११, ललितपुरमा ७३ र भत्तपुरमा ६३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
देशभर आज १ हजार ३ सय ५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।
प्रकाशित मिति : २०७७ असोज ६ गते मङ्गलवार