११असोज, काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने इन्द्रजात्रा पर्वको चहलपहल सुरु भएको छ ।
आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्न सर्वसाधरणदेखि मन्त्रीहरुको बसन्तपुरमा चहलपहल सुरु भएको हो ।
इन्द्रजात्रा हेर्न राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरू, काठमाडौं महानगरका मेयर उपमेयरलगायत विशिष्ट व्यक्ति हिँडेरहनुमानढोका पुगिका छन्।
तस्विरहरु: रासस
प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार