एसियाली खेलकुद : नेपालले क्वाटरफाइनलमा भारतसँग खेल्ने

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद ९एसियाड०मा पुरुष क्रिकेटतर्फ नेपालले क्वाटरफाइनलमा भारतसँग खेल्ने भएको छ।

लक्की ड्र मार्फत नेपाल भारतसँग परेको हो। नेपाल र भारतबीचको खेल मंगलबार हुनेछ। समूह चरणको पहिलो खेलमा नेपालले मंगोलिया माथि सानदार जित हात पारेको थियो। त्यस्तै, समूह चरणको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेर क्वाटरफाइनलको यात्रा तय गरेको हो।

अफगानिस्तान, नेपाल, हङकङ र मलेसिया समूह चरणबाट क्वाटरफाइनलमा पुगेका थिए।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस