फेसबुकले फेर्‍यो नाम

१२कार्तिक,काठमाडौँ ।सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम फेरेर ‘रिब्रान्डिङ’ गरेको छ।

कम्पनीले बिहीबार नाम परिवर्तन गरी ‘मेटा’ राख्ने घोषणा गरेको हो।

केही दिनयता फेसबुकको नाम परिवर्तनको चर्चा चलिरहँदा कम्पनीका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले नयाँ नामको घोषणा गरेका हुन्।

कम्पनीको भर्चुअल सम्मेलनमा जुकरबर्गले मेटाभर्समा केन्द्रित हुनेसमेत बताएका छन्।

प्रकाशित मिति : २०७८ कार्तिक १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस