दिल्लीको १४ औं खेलमा पनि प्लेइङ सेटमा परेनन् सन्दिप लामिछाने

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स यूएईमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल०मा आज आफ्नो १४ औं म्याच खेलिरहेको छ ।

पछिल्लो पटक लगातार ४ वटा म्याचमा हार व्यहोरेको दिल्लीले प्लेयअफको सम्भावनाका लागि निर्णायक भनिएको खेलमा रोयल च्यालेन्जर्र्स बैंगलोरसँग प्रतिस्पर्धा गरिरहेको छ ।

दिल्लीले १३ वटा म्याचसम्म नेपाली लेग स्पिनर सन्दीपलाई बेञ्चमा नै राख्दै आएको छ । पछिल्लो म्याचमा लगातार हार व्यहोरिरहेपछि दिल्लीका प्रसंशकहरुले सन्दीपलाई खेलाउनुपर्ने माग गरिरहेका थिए ।

नेपाली मात्रै हैन, दिल्लीका भारतीय प्रशंसकहरुले पनि सन्दीपलाई खेलाउन माग गरिरहेका बेला दिल्लीले आइतबार सन्दीपले अभ्यास गरिरहेको एक भिडियो समेत सामाजिक सञ्जालबाट साझा गरेको थियो ।

लगातारजसो हार व्यहोरिरहेका कारण दिल्लीले आफ्नो प्लेइङ सेटमा केही परिवर्तन गर्ने अपेक्षा गरिएको थियो । तर, सोमबार बैंगलोरसँगको प्रतिस्पर्धामा पनि सन्दिपले बेञ्चमै बस्नुपर्ने भएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस