लेस्टर सिटीसँग लीड्स युनाइटेड पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत अवे मैदानमा भएको खेलमा लेस्टर सिटीले लीड्स युनाइटेडलाई ४–१ ले पराजित गरेको छ ।

पहिलो हाफमा दुई गोल गरेको लेस्टरले दोस्रो हाफमा दुई गोल गरेर एक गोल खाएको हो ।

दोस्रो मिनेटमा नै हार्भी बार्नेसले गोल गरी लेस्टरलाई अग्रता दिलाएका हुन् । २१ औँ मिनेटमा यूरी टिएलेम्यान्सले गोल गरेर अग्रता दोब्बर पारे ।

लीड्सका लागि ४८ औँ मिनेटमा स्टूआर्ट डालासले एक गोल फर्काए ।

७६ औँ मिनेटमा जेमी भर्डीले गोल गरी लेस्टरलाई थप बलियो अवस्थामा लगे ।

इन्जुरी समयको पहिलो मिनेटमा पाएको पेनाल्टीमा टिएलेम्यान्सले व्यक्तिगत दोस्रो गोल गरी टिमलाई ४–१ को जित दिलाए ।

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस