काठमाडौं । इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शानदार जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा युभेन्टसले फेरेन्सभारोसी टिसीलाई ४–१ ले पराजित गरेको हो ।

युभेन्टसको जितमा अल्भारो मोराटाले दुई तथा पाउलो डिबालाले एक गोल गरे ।

टिसीका डिभालीले आत्मघाती गोल गरे । टिसीका लागि बोलीले एक गोल फर्काए ।