काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा पराजयपछि रक्षामन्त्री मार्क एस्परलाई हटाएका छन् ।
पछिल्लो समय ट्रम्प र एस्परबीच राम्रो सम्बन्ध नभएको बताइएको बेला चुनाव हारेपछि रक्षमन्त्री एस्परलाई ट्रम्पले हटाएका छन् ।
ट्रम्पले अन्तरिम रुपमा रक्षामन्त्रीको जिम्मेवारी राष्ट्रिय आतंकवाद नियन्त्रण केन्द्रका निर्देशक क्रिस्टोफर मिलरलाई दिएका छन् ।
यस अघिनै रक्षामन्त्रीको राजीनामा या बर्खास्तको अनुमान गरिएको थियो ।
निर्वाचन सकिना साथ उनको रक्षा मन्त्रालयबाट बहिर्गमनको चर्चा अमेरिकी मिडियाहरुमा भइरहेको थियो ।
प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार