विश्वकप पुग्ने फिनल्याण्डको सपना चकनाचुर

फाइल फाेटाे

१ मंसिर,काठमाडौँ । फिनल्याण्डलाई २—० गोल अन्तरले पराजित गर्दै फ्रान्स विश्वकप फुटबलका लागि छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्सले फिनल्याण्डलाई हराएको हो ।

फ्रान्सको जितमा करिम बेन्जिमाले ६६ औं मिनेटमा र केलियन एमबाप्पेले ७६ औं मिनेटमा एक एक गोल गरेका थिए ।

फ्रान्सले यस अघिकै खेलबाट विश्वकपमा स्थान पक्का गरिसकेको छ ।

यस हारसँगै फिनल्याण्डको विश्वकप पुग्नका लागि प्ले अफ खेल्ने सपना सकिएको छ ।

समूह ‘डी’ फ्रान्सले ८ खेलमा १८ अंक जोड्यो । फिनल्याण्ड ११ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार
प्रतिक्रिया दिनुहोस