रोल्पा प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमार पुन विजयी

फाइल फाेटाे

७ मंसिर, रोल्पा । रोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमार पुनमगर निर्वाचित भएका छन् ।

दिपेन्द्रकुमारले गठबन्धनका उम्मेदवार कांग्रेसका अमरसिंह पुनमगरलाई फराकिलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।

लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित दिपेन्द्रकुमारले १४ हजार ९ सय २७ मत प्राप्त गरेका छन् ।

कांग्रेसका अमरसिंहले १० हजार ४ सय ६ मत प्राप्त गरेका थिए । दिपेन्द्रकुमारले ४ हजार ५ सय २१ मतको अन्तरले अमरसिंहलाई पराजित गरेका हुन् ।

एमालेका प्रेमबहादुर घर्तीमगर ८ हजार ८ सय ५ मत प्राप्त गरि तेस्रो भएका छन। राप्रपाका सेते दमाईले ४ सय ७६ मत प्राप्त गरेका छन । भने राप्रपा नेपालका केशरबहादुर पुनले २ सय ७४ मत प्राप्त गरेका छन ।

दिपेन्द्रकुमार माओवादी केन्द्रको पोलिटब्युरो सदस्यबाट राजीनामा दिएर गठबन्धन विरुद्धमा स्वतन्त्रर उम्मेदवार दिएका थिए।

रोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र २ मा ३६ हजार ८ सय ६२ मत खसेको थियोे । प्रदेशसभा २ मा १ हजार ९ सय ७४ मत बदर भएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस