८मंसिर, रोल्पा । नेपाली काँग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य निर्वाचित भएका छन् । आचार्यले प्रतिस्पर्धी मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै आचार्य निर्वाचित भएका हुन् ।

आचार्यले ५ सय २ मत प्राप्त गरेका छन्, भने खत्रीले ४ सय ४० मत पाएका छन् । आचार्य पौडेल—कोइराला पक्षका हुन भने खत्री देउवा पक्षका हुन । अन्य पदाधिकारी पनि आचार्यको प्यानलका उमेदवार नै विजय भएका छन्।

उपसभापतिमा कविता उपाध्यायले ४७५ मत र हरिबहादुर पुनले ५०४ मत ल्याएर विजय भएका छन् ।

सचिवमा तिलबहादुर बुढाथोकीले ५१३ मत र शेरबहादुर थापा ४४५ मत ल्याएर विजय भएका छन् । सहसचिवमा गन्जबहादुर क्षेत्री५५३ मत र सुनिलकुमार वलीले ४७२ मत विजय भएका छन् ।

कार्यसमिति सदस्य र महाधिवेशन प्रतिनिधिको मतगणना चलिरहेको निर्वाचन समितिले जनाएको छ ।रोल्पामा काँग्रेसको कुल १ हजार ९३ मतदाता रहेकोमा १ हजार ४२ मत खसेको थियो ।


याे पनि