नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन (मंसिर १०—१२ चितवन) ले सिङ्गो राजनीतिक जगत तात्तिएसँगै सबैको ध्यान एमालेमाथि केन्द्रित छ । गएको कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिकाको एकैसाथ अधिवेशन गराएर तथा कात्तिक २७ गते देशैभर प्रायः सर्वसम्मत तरिकाले महाधिवेशन प्रतिनिधि छनौट गरेर एकताको सन्देश दिएको छ ।

एमालेले राष्ट्रिय महाधिवेशन सर्वसम्मत गर्छ या निर्वाचन शैली अपनाउछ भन्ने बिषयमा आम सरोकारवालाहरुको ध्यानाकर्षण भएको छ । वडा र पालिकाको अधिवेशन हुँदा सर्कुलर पठाएरै सकभर निर्वाचन शैली नअपनाएर सर्वसम्मत हिसाबले कमिटी चयन गर्नु भनी आदेश दिएको केन्द्रीय नेतृत्वले राष्ट्रिय महाधिवेशन पनि सर्वसम्मत चयन होस् भन्ने तल्लो कमिटीका आम कार्यकर्ताको भावनालाई आत्मसात गर्छ कि गर्दैन त्यो नेतृत्वका लागि चुनौतीको विषय बनेको छ । जुन शैली अपनाए पनि महाधिबेशनले सक्षम, लोकप्रिय नेतृत्व पक्कै चयन गर्नेछ ।

महाधिवेशनबाट केन्द्रीय कमिटी चयनका सन्दर्भमा भने लाखौँ कार्यकर्ता र हजारौँ समर्थकको एउटै अपेक्षा छ– अवसरवादी, अराजक, फेसबुके नेता, जिल्लामा पार्टी काम नगर्ने तर सधै काठमाडौँमा नेताका वरिपरि घुमेर नेतृत्वलाई भ्रममा पारिरहने कामचोरहरूले केन्द्रीय कमीटी कब्जा नगरुन् ।

स्थानीयस्तरका अधिवेशनहरु तथा महाधिबेशन प्रतिनिधि छनौटमा केन्द्रीय नेतृत्वको आदेश पालना गर्दै सर्वसम्मत शैली अपनाउँदा स्थानीय स्तरका नेताहरुमा अनेकौँ चुनौती र समस्या पैदा नभएका होइनन् ।

पार्टीभित्र लामो समय खारिएका, दक्षता र क्षमता भएता पनि सहमतिका नाममा कमिटी र प्रनिनिधिमा नअटेका थ्रुपै नेता–कार्यकर्ताहरूले भारी पीडाका साथ मन अमिलो बनाएरै भएपनि निष्ठा, ईमान्दारीता र अनुशासित तरिकाले पार्टी काममा निरन्तर खटिरहेका छन् । त्यागको भाबना देखाएर पार्टी बचाउने स्थानीय नेता÷कार्यकर्ताको जमात निकै ठूलो छ । यो कुुरामा केन्दी्रय नेतृत्वले पनि गम्भिर भएर केहि सिको तलबाट गर्न जरुरी देखिन्छ ।

राष्ट्रिय महाधिवेशन तथा विधान सम्मेलनमा जिल्ला–जिल्लाबाट सीमित संख्या हुँदा यस्ता वैचारिक थलोमा कमै नेता–कार्यकर्ताहरू अटाएका छन् । उनीहरू महाधिवेशनका लागि चुनिएका वा निर्वाचित नभए पनि पार्टीका बलिया खम्बा हुन्। पार्टी नेतृत्वले यी हस्तीहरूलाई कुनै न कुनै बेला उपयुक्त जिम्मेवारी दिनैपर्छ ।

एमालेको केन्द्रीय कार्यालय आजकाल जिल्ला, प्रदेश र केन्द्रका नेताहरूको आवतजावत र घुइँचोले भरिभराउ छ । पार्टी कार्यालय मात्र होईन, पार्टी केन्द्रीय पदाधिकारी तथा प्रभावशाली नेताहरूको निवासमा समेत उत्तिकै भरिभराउ छ । नेता भेट्न जाने अधिकांशको एउटै उद्देश्य छ। केन्द्रीय कमिटीमा आफू वा आफूनिकट ब्यक्ति कसरी अटाउने? जिल्लागत समस्या लगेर सामूहिक भेटघाट गर्नेभन्दा पनि आफू केन्द्रीत छलफल गरी नेतृत्वलाई प्रभावमा पार्ने तरिकाले गरिने भेटघाट निकै बाक्लो देखिन्छ । यसले भूगोलमै रहेर वर्षौदेखि ईमान्दार तरिकाले निरन्तर पार्टी–काम गर्दै आएका नेता–कार्यकर्ताको मनोबल खस्किएको देखिन्छ ।

पार्टी काममा कमै मात्र खट्ने तर एमाले शीर्ष नेताहरूको समिपमै पुगी फोटो–खिचेर सामाजिक सञ्जालमा पोष्ट्याई महाधिवेशन प्रतिनिधिलाई आफ्नो प्रभाव रहेको देखाउँन खोज्ने बिचौलिया प्रतिनिधिको संख्या पनि उत्तिकै छ । यस्ता कामचोर र फेसबुके स्वघोषित नेताहरूबाट शीर्ष नेतृत्व बेलैमा सजग हुन जरुरी देखिन्छ।

महाधिवेशन लगतै आम–जनतामा पार्टीको विचार फैलाउन लागिपरेका दोस्रो–तेस्रो पुस्ता र स्थानीय तहमा मरिमेट्टी पार्टी–काममा लागेका कार्यकर्ताहरूले पार्टीको माथिल्लो नेतृत्वबाट कुनै ठूलो अपेक्षा राखेका छैनन् । राष्ट्रिय महाधिवेशन तथा अनेकौँ यस्ता सम्मेलनबाट शीर्ष नेतृत्वले भूगोलमा खटिएका नेताबारे बेलैमा होस् पु¥याओस् भन्ने सोच राख्छन् । उनीहरूले यसपल्टको महाधिवेशनमा हरसम्भव सर्वसहमतिबाटै केन्द्रीय नेतृत्व चयनको अपेक्षा गरेका छन् । यदि पार्टीभित्र निर्बाचन भईहाल्ने सन्दर्भमा दिनदिनै नेताको दैलो र पार्टी कार्यालय धाउनेहरू, सेलिब्रेटीका नाममा इतिहास बिग्रिएकाहरु, राजनीति बाहेक अन्य क्षेत्रमा ख्याती कमाएका, पैसावाला, राजनीतिको र पनि नगरेका हालसम्म पार्टीको झण्डा समेत नसमातेका, एक जना कार्यकर्ता समेत उत्पादन गर्न नसकेकाहरु नेतृत्वको लिस्टमा नपरुन् भन्ने आम कार्यकर्ताहरुको अपेक्षा हो ।

यसपटकको पार्टी दशौँ राष्ट्रिय महाधिबेशनको मुख्य लगानीकर्ता आठ लाख संगठीत सदस्य हुन् । प्रत्येक सदस्यले एकसय रुपैयाँ उठाउन तयार नभएको भए एमालेले यो महाधिवेशन सम्पन्न गर्नका लागि चन्दाका लागि दाताहरु समक्ष हारगुहार गर्नैपथ्र्यो तर आठ लाख कार्यकर्ता तयार भएर स्वतः स्फुर्त ढंगले पार्टी केन्द्रले तोकेको बैँकमा कार्यकर्ताले पैसा जम्मा गरेपछि त्यहि पैसाले महाधिबेशन सम्पन्न हुन गईरहेको छ । यो हिम्मत र सहयोगका लागि हाम्रा आठ लाख पार्टी सदस्यहरुलाई सलाम गर्नैपर्छ र पार्टी नेतृत्वले ती आटिला कार्यकर्ताहरुको भाबना पनि सम्बोधन गर्नुपर्छ ।

दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजबादको आधार निर्माण गरौँ भन्ने मूल नारासहित आयोजित महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयनका साथै असोज १५—१७ मा ललितपुर गोदावारिमा सम्पन्न प्रथम बिधान महाधिवेशनबाट पारित पार्टीका भावी नीति तथा कार्यक्रम, प्रतिबद्धता र बिधानमा उल्लेखित सबै बुदाहरुलाई लक्षरस पालनाको घोषणा गर्दै पछिल्लो राजनीतिक परिस्थिति र घटनाक्रमसँग जुध्न आम नेता कार्यकर्तालाई शक्ती, प्रेरणा र हौसला प्रदान गरोस भन्ने लाखौँ कार्यकर्ता÷शुभेच्छुकहरुको अपेक्षा हो । यो ऐतिहासिक राष्ट्रियस्तरको जमघटबाट पार्टी नेतृत्व चयनलाई मात्रै प्राथमिकता दिनुभन्दा पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सबाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई जनतामाझ थप स्थापित गर्दै समाजवादका आधार तयार पार्ने रणनैतिक कार्यक्रमहरु सिर्जना गर्न जरुरी देखिन्छ ।

यो महाधिबेशनले प्रतिकृयावादी तत्वहरुले एमालेप्रति छरेको भ्रम मेट्दै एमालेको उज्जवल भविष्यबाट अत्तालिएर गरेको गठबन्धन भित्रका दलहरुलाई समेत चुनौती दिँदै आगामी निर्वाचनलाई पुनः पहिलो शक्तिकै रुपमा उदाउन प्रेरणा मिलोस् । जुझारु युवा पंक्ति, आशा र भरोसा योग्य सबै क्षेत्रका समावेशी अनुहारहरु केन्द्रीय कमिटीमा अटुन् । शुभकामना ।

(नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा महाधिवेशन प्रतिनिधि ईश्वरी जी.एम. सँग गरिएको कुराकानीमा आधारित)