
काठमाडौं । गएराति भएको युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । रियल म्याड्रिडले इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा इडेन हजार्डले एक गोल गरेका थिए भने एक गोल इन्टरका अच्राफ हाकिमीले आत्मघाती गरेका थिए । यस खेलमा खेलको ३३औ मिनेटमा इन्टरका अर्टुरो भिडालले रातो कार्ड पाएपछि इन्टर १० खेलाडीमा सिमित भएको थियो ।
रियल म्याड्रिडको च्याम्पियन्स लिगमा यो दोस्रो जित हो । ४ खेलमा रियलको ७ अंक भएको छ भने समुह बि मा दोस्रो स्थानमा रहेको छ । त्यस्तै इन्टरको भने ४ खेलमा केवल २ अंक रहेको छ भने इन्टरले एक जित पनि हासिल गर्न सकेको छैन ।
प्रकाशित मिति : २०७७ मङ्सिर ११ गते बिहिवार