काठमाडौं । आर्सनल युरोपा लिग फुटबलको अन्तिम ३२ अर्थात नकआउट चरणमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा जित निकालेर उसले अघिल्लो चरणका लागि स्थान पक्का गरेका हुन् ।
समूह बी अन्तर्गत भएको खेलमा आर्सनलले मोल्डेलाई ३–० ले पराजित गरेको हो ।
आर्सनलको जितमा निकोलास पेपे, रिइस नेल्सन र फोलारिन बालोगुनले गोल गरेका हुन् ।