लिबाङ। नेपाल पत्रकार महासंघ रोल्पा शाखाले आफ्नो वेवसाइट सार्वजनिक गरेको छ । पत्रकार महासंघ रोल्पा शाखाले आफ्नो १८ औँ स्थापना दिवसको अवसरमा एफएनजे राेल्पा डटकम नामक वेवसाइट सार्वनिक गरेको हो । वेवसाइटको पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति काशीराम डाँगीले उद्घाटन गरेका थिए ।
वेवसाइटको उद्घाटन गर्दै संस्थापक सभापति डाँगीले समयानुसार प्रविधिको प्रयोग गर्दै पत्रकार महासंघ अगाडि बढिरहेकाे बताए । रोल्पामा महासंघको स्थापना गर्दा समाचार टिपाउन टेलिकममा लाइन बस्नुपर्ने बाध्यता थियो । ‘फ्याक्स मेसिनबाट समाचार पठाउनु पर्ने बाध्यताको अन्त्य भई अहिले विभिन्न माध्यमको विकास भएको उनले बताए ’।
पत्रकार महासंघ रोल्पाका निर्वतमान अध्यक्ष महेश न्यौपानेले बढ्दो प्रविधिको प्रयोगले सूचना सहज रूपमा प्राप्त गर्न सकिने बताए । सूचना तथा जानकारी लिनका लागि वेवसाइटले सहयोग पुग्ने बताए । वेवसाइटलाई निरन्तरता दिन उनले सुझाव दिए ।
बढ्दो प्रविधिको प्रयोगसँगै डिजिटल सूचना प्रणालीलाई ध्यानमा राख्दै वेवसाइट संचालनमा ल्याएको पत्रकार महासंघ रोल्पा अध्यक्ष नवीन लोचनमगरले बताए । वेवसाइटमा महासंघ रोल्पाका गतिविधिहरु, सांगठानिक संरचना, कार्यसमिति र सदस्यहरुको विवरण, गुनासो तथा उजुरी, जिल्लाका सञ्चार माध्यामहरुको विवरण हेर्न सकिने लोचनमगरले बताए । ।