नेयमारको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित

एजेन्सी । ब्राजिली स्टार फरवार्ड नेयमारको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले युइएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

पीएसजीले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३–१ को शानदार जित हात पार्‍यो । जसमा नेयमारले मात्रै २ गोल गरे ।

यससँगै पीएसजीले अघिल्लो महिना घरेलु मैदानमा बेहोरेको २–१ को हारको बदला पनि लिएको छ ।

ओल्डट्राफोर्डमा पीएसजीको जितमा नेयमारबाहेक अर्को एक गोल कप्तान मार्किन्हसले गरे । घरेलु टोलीका लागि मार्कुस रासफोर्डले गरेको गोल सान्त्वना बन्यो ।

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस