जडेजाले अष्ट्रेलियाविरूद्धको बाँकी टी-ट्वान्टी सिरिज नखेल्ने

२० मंसिर, एजेन्सी। भारतका अलराउण्डर रविन्द्र जडेजाले अष्ट्रेलियाविरुद्धको बाँकी टी(ट्वान्टी सिरिज खेल नखेल्ने भएका छन् ।

शुक्रबार भएको पहिलो खेलमा ३१ वर्षीय जडेजाले चोट बोकेका थिए । ब्याटिङ गर्ने क्रममा जडेजाले ह्यामस्ट्रिङको चोट बोकेका थिए ।

उनको टाउकोमा पनि बलले लागेको थियो । मिचेल स्टार्कको बाउन्सर बलले उनको टाउको लागेको थियो । पहिलो इनिङ्समा जडेजाले चोट बोकेपछि भारतले फिल्डिङको इनिङ्समा युजभेन्द्र चाहललाई खेलाएको थियो ।

जडेजाले सिरिजका बाँकी खेल गुमाउने भएपछि भारतले उनको स्थानमा सार्दुल ठाकुरलाई टिममा बोलाएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया दिनुहोस