विश्व मिडिया शिखर सम्मेलनको समानान्तर सत्र दक्षिणपश्चिम चीनमा सुरु

कुनमिङ । पाँचौँ विश्व मिडिया शिखर सम्मेलन (युनान, चीन) तथा दोस्रो युनान अन्तर्राष्ट्रिय सञ्चार मञ्चले मङ्गलबार दक्षिणपश्चिमी चिनियाँ सहर कुनमिङ (युनान प्रान्त) मा एक समारोह आयोजना गरेको छ ।

उक्त समारोहको उद्घाटन कार्यक्रममा चीनको कम्युनिस्ट पार्टीको युनान प्रान्तीय समितिका सचिव वाङ निङले हालका वर्षमा युनानलाई धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले कभर गरेर युनानलाई बाँकी संसारबाट नजिक ल्याएको बताए।

युनान प्रान्त विश्वसनीय, आकर्षक र सम्मानजनक चीनलाई बुझ्ने एउटा झ्याल भएको उल्लेख गर्दै उनले शिखर सम्मेलनको फाइदा उठाउन अतिथिहरूलाई यस ठाउँका बारेमा थप आकर्षक कथाहरू पत्ता लगाउन प्रोत्साहित गरे।

सिन्ह्वा समाचार समितिका प्रधान सम्पादक ल्यु यानसङले चिनियाँ आधुनिकीकरणको प्रगति र दर्शन देखाउनका लागि गहन समाचार कभरेज गरेको र नयाँ युगमा विकास र उपलब्धिहरूको कथा सुनाएको बताए। उनले विश्वव्यापी श्रोता र तिनीहरूको आधुनिकीकरण पहलहरूमा प्रगति गर्दा विश्वभरका मुलुकहरूको व्यावहारिक प्रयासबारेमा जानकारी गराए ।

उनले सहयोगी प्रयासबाट समग्र मानव समाजको आधुनिकीकरणलाई अघि बढाउन विश्वभरका सञ्चारमाध्यमसँगको सहकार्य र समझदारीलाई प्रगाढ बढाउने विश्वास व्यक्त गरे।

चीनमा संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक सिद्धार्थ चटर्जीले भिडियोमार्फत समारोहलाई सम्बोधन गरे। साथै रोसिाय सेगोड्न्या अन्तर्राष्ट्रिय मिडिया समूहका महानिर्देशक दिमित्री किसेलेभ र अन्य अन्तर्राष्ट्रिय अतिथिहरूले पनि समारोहमा आ–आफ्नो भनाइ राखे।

सभ्यताहरू बीचको आदानप्रदान र आपसी सिकाइलाई प्रवर्द्धन गर्नाका साथै मानव समाजका लागि आधुनिकीकरणको अनुभूतिमा मिडियाको महत्त्वपूर्ण जिम्मेबारी रहेको कुरामा सहमत जनाए ।

उनीहरूले आधुनिकीकरणको खोजीमा मानवता र प्रकृतिबीचको सामञ्जस्यपूर्ण सहअस्तित्वको चीनको अभ्यास र सबै मुलुकका जनताबीच आपसी समझदारी र मित्रता प्रवर्द्धन गर्नेबारे जान्न अझ इच्छुक रहेको बताए। उद्घाटन समारोहमा ‘पाँचौँ विश्व मिडिया शिखर सम्मेलनका लागि कुनमिङ पहल’ शीर्षकको दस्तावेज पारित भएको छ ।

शुक्रबारसम्म चल्ने सम्मेलन (युनान, चीन), सिन्ह्वा र प्रान्तीय सरकारको सहआयोजनामा भएको हो । सम्मेलनमा करिब ३० मुलुक र क्षेत्रका मिडिया आउटलेट, अन्तर्राष्ट्रिय संस्था, बुद्धिजीवीसहित करिब ८० संस्थाका तीन सयभन्दा बढी प्रतिनिधिहरू सहभागी छन् ।रासस/सिन्ह्वा

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस