बार्सिलोनासँग रियलले बनायो ९ अंकको अग्रता

१पुस, एजेन्सी । करिम बेन्जिमाले उत्कृष्ट प्रदर्शन गरेको खेलमा रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष क्लबमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले हराएको हो ।

जितसंगै रियलले शीर्ष क्लब रियल सोसिडाड र एट्लेटिको मड्रिडसंग अंक बराबरी गरेको छ ।

शीर्ष स्थानमा रहका तीनै क्लबको समान २६ अंक छ । गोल अन्तरले मात्र रियल तेस्रो स्थानमा देखिएको छ ।

बिल्बाओ क्लब १४ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।

एथ्लेटिकोका राहुल गर्सिया सुरुवातमै रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली एथ्लेटिको १० खेलाडीमा सिमिति बनेको थियो ।

त्यसपछि टोनी क्रुसको गोलमा रियलले पहिलो हाफमा १–० ले अग्रता लिएको थियो । भिनिसियस जुनियरको पासमा क्रुसले पहिलो हाफमा रियललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफ सुरु भए लगत्तै एन्डर कापाले ५२ औं मिनेटमा पाहुना टोली एथ्लेटिकोलाई बराबरीमा ल्याए ।

त्यसपछि करिम बेन्जिमाले लगातार दुई गोल गर्दै रियललाई शीर्ष क्लबमा उकाल्न सफल भए ।

७४ औं मिनेटमा ड्यानी कार्भाजलको पासमा रियलका लागि दोस्रो गोल गरेका उनले ईन्जुरी समयमा ब्यक्तिगत दोस्रो गोल पुरा गरे ।

लुका मोड्रिचको पासलाई सदुपयोग गर्दै बेन्जिमाले रियललाई ३–१ को जित दिलाएका हुन् ।

रियलले पछिल्ला चार खेलमा जित निकालेको छ र पुरानै लयमा फर्किएको संकेत गरेको छ ।

रियलले तालिकामा बार्सिलोनासंग ९ अंकको अग्रता लिएको छ ।

प्रकाशित मिति : २०७७ पुष १ गते बुधवार
प्रतिक्रिया दिनुहोस