फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

३ पुस, काठमाडाैँ। फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले हात पारेको छ । १२० मिनेटको खेल ३–३ मा बराबर भएपछि पेनाल्टी किकमा गएको खेलमा अर्जेन्टिना ४–२ ले विजयी भएको हो। ।अर्जेन्टिनाको यो जित ३६ वर्षपछिको विश्वकप फुटबलको उपाधि हो ।

नेदरल्यान्डलाई पराजित गर्दै सन् १९७८ मा पहिलो विश्वकप उपाधि जितेको अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा पश्चिम जर्मनीलाई हराउँदै दोस्रो उपाधि जितेको थियो ।

सन् १९९० मा विश्वकपको फाइनल पुगे पनि पश्चिम जर्मनीसँग पराजित भएपछि अर्जेन्टिना तेस्रो उपाधि भित्र्याउन भने असफल भएको थियो ।

सन् २०१८ मा प्रि–क्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि अर्जेन्टिना विश्वकप यात्राबाट बाहिरिएको थियो । त्यसको चार वर्षपछि अर्जेन्टिनाले साविक विजेता फ्रान्ससँग बदला लिएको छ ।

सर्वाधिक गोल गरेर फ्रान्सका खेलाडी एमबाप्पेले गोल्डेन बुट जितेका छन् । वल्र्डकप बिजेटाता टिमका लियोनेल मेस्सीले बेस्ट प्लेयरको उपाधि पाएका छन् । भने अर्जेन्टिका गोल रक्षक मार्टिनेजले बेस्ट किपरको उपाधि जितेका छन् ।

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस