प्रिमियर लिगः चेल्सी र एस्टन भिल्लाबीच बराबरी

१४ पुस, एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्लाबीचको खेल बराबरीमा सकिएको छ ।

आईतबार राति घरेलु मैदानमा चेल्सीले एस्टन भिल्लासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

चेल्सीले ओलिभर जिराउडको गोलमा पहिलो हाफमा अग्रता लिएको थियो । डिफेन्डर बेन चिलवेलको क्रसमा हेडमार्फत जिराउडले चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा पाहुना टोलीका एल गाजीलले बराबरी गोल फर्काएका थिए ।

बराबरीसँगै दुवै टोलीले समान एक अंक बटुले । समान २६ अंक जोडेको एस्टन गोल अन्तरका आधारमा पाँचौ र चेल्सी छैटौं स्थानमा छ ।

प्रकाशित मिति : २०७७ पुष १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस