बेल्जियमको शानदार सुरुवात

३०जेठ, काठमाडौँ । युरोकप फुटबलमा बेल्जियमले शानदार सुरुवात गरेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३-० ले पराजित गर्दै बेल्जियमले शानदार सुरुवात गरेको हो ।

सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गर्दा थोमस मुनिएरले थप एक गोल गरे ।

जितसँगै बेल्जियमले ३ अंक जोडेको छ । समूह ‘बी’ मा रहेको बेल्जियम शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस