२३फागुन, रोल्पा । रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनको अग्रता कायमै राखेका छन्। अहिलेसम्म ३० हजार ७ सय १७ मत गणना हुँदा पुनले १० हजार ८ सय ८२मत प्राप्त गरेका छन्।
पुनलाई पछ्याइरहेका नेपाली काँग्रेसका उम्मेदवार डा. सुदनकुमार वलीले ६ हजार ७ सय २८ मत प्राप्त गरेका छन्
रास्वपाका बालराम थापाले ४ हजार ४ सय ४० मत प्राप्त गरेका छन्।
यस्तै नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ४ हजार १ सय ६५ मत प्राप्त गरेका छन्। नेकपा (माओवादी)का चुडामणी वलीले २ हजार ४ सय २६, राप्रपाका अमरबहादुर थापाले ३९१, राष्ट्रिय जनमोर्चाका मेखबहादुर बिष्टले १ सय ३४, मंगोल नेशनल अर्गनाइजेसनका कुमार घर्तीमगरले ८१, नेशनल रिपब्लिक नेपालका मनबहादुर घर्तीमगरले ६९ मत प्राप्त गरेका छन् । भने आम जनता पार्टीका दिलबहादुर कामीले ३३ मत प्राप्त गरेका छन् ।
एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रोल्पामा ३० हजार ७ सय १७ मत गणना गर्दा १ हजार ३ सय ६८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


