रोल्पा जिल्ला अदालत बारको अध्यक्षमा गिरी र सचिवमा महरा

२०चैत्र, रोल्पा । रोल्पा जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा कर्णबहादुर गिरी(आकाश) चयन भएका छन् ।

बार एसोसिएसनको ९ औं अधिवेशनबाट गिरी निर्विरोध निर्वाचित भएका हुन ।

बारको सचिवमा घनश्याम महरा चयन भएका छन्।

त्यस्तै कोषाध्यक्षमा प्रेमप्रकास हमाल, सदस्यहरुमा तुलसिराम जिसी र टेकमप्रसाद घर्ती चयन भएका छन्।

प्रकाशित मिति : २०८२ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस