“आस्था अनि कर्म ”

त्यो पत्थर न हो
जस्को न सुन्न सक्ने कानहरू छन्
न देख्न सक्ने आँखाहरू ।।

निर्जीव मुढामा कोरिएको आकृति न हो
जस्मा न संवेदनाहरू छन्
न छ, महसुस तिम्रा वेदनाका भाखाहरू ।।

व्यर्थै किन शिर ठोक्छौ उस्को पाइतालामा
व्यर्थै किन पाउ खियाउछौ उस्को दरबाजामा।।
जहाँ तिमी मरणासन्न हुनेगरी कुटिन्छौंँ
जहाँ तिमी जनावर भन्दा बढी हेपिन्छौँ।।

हर घडी मौन रहने ति पत्थर हरू पुज्न ।
किन पटक—पटक तिमी धाईरहन्छौँ ।।
जस्लाई आफ्नै आयु थाहा छैन
उसैसँग लामो आयुको भिख के माग्छौ?
जस्लाई आफ्नै भविष्यमा यकिन छैन
उसैसँग सुन्दर भविष्यको माग के राख्छौ ?

तिमी र तिम्रो कर्म भन्दा बलवान नकेही थियो, न केही छ।
कडा परिश्रम बिना फल दिने
न चमत्कारी केही थियो, न तथास्तु केही छ।।

आत्मविश्वास र हिम्मत राख जरूर सफल हुनेछौँ।
निल गगनमा मनोरम इन्द्रेणी भन्दा दिव्य देखिनेछौँ।।
औँठीहरू, जन्तरहरू, मन्त्रहरू बस् हो व्यापार ।
लगनशील कर्मठ योद्धाका हुन्छ, हर स्वप्न साकार।।
पत्थरमा होईन आफ्नै कर्ममा बस्छ भगवान ।
प्रार्थनाले होईन कोसिसले सफल बन्छ जीवन।।

प्रकाशित मिति : २०७९ पुष २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस