
संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएको करिव ९ वर्ष भएको छ । यस अन्तरालमा केही प्रश्नहरू पनि उठिरहेका छन् । केही जिज्ञासाहरू पनि उठिरहेका छन् । मलाई त्यति जानकारी त छैन् । तर, मेरो अनुमानमा पञ्चायती व्यवस्थाको धारा ५५ मा ‘श्री ५ महाराजधिराज सरकार यो संविधान भन्दा माथि होइबक्सिन्छ । र, श्री ५ महाराजधिराज सरकार माथि कर लाग्ने छैन’ भन्ने उल्लेख गरिएको थियो ।
त्यस व्यवस्थाको विरुद्ध आजीवन लडियो । एउटा पुस्ताले त त्यसैको विरुद्ध लड्ने क्रममा जीवन व्यतीत गर्नु प¥यो । ४६ सालको जनआन्दोलन भयो र ४७ मा बहुदलीय संविधान जारी भयो । र, संविधानमा के लेखियो भने ‘श्री ५ महाराजधिराज सरकार संवैधानिक राजसंस्था होइबक्सिन्छ’ भन्ने लेखियो । कुरा त्यति फरक थिएन । त्यसको लामो लडाइँपछि ७२ असोज ३ गते संविधान जारी भयो । र त्यो संविधानमा उल्लेख गरियो संविधानको भाग १ धारा २ मा ‘राजकीय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा निहित हुनेछ’ भन्ने कुरा लेखियो । त्यसको प्रयोग संविधानमा व्यवस्था गरेबमोजिम हुनेछ भनी लेखियो । आज हामी यो (रोल्पा नगरपालिकाको नवनिर्मित) भवन उद्घाटन गरिराख्दा संविधानमा व्यवस्था भए बमोजिम नेपाली जनताले आफ्नो कार्यकारी अधिकार तीन तहको सरकारद्वारा यसको उपभोग गर्ने छन् ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो अधिकारको भोगचलन गर्ने छन् भनी उल्लेख गरियो । त्यसै बमोजिम भवन उद्घाटन गरियो । अब यस उप्रान्त यो देशको विकास भएन भने राणा शासनलाई दोष दिने चलन गयो, विकास भएन भन्दै पञ्चायती व्यवस्थालाई दोष दिने दिन गयो, विकास भएन भनी बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई दोष दिने दिन गयो । अब संघीय लोकतान्त्रिक व्यवस्था बन्यो । अव विकास, निकास र समृद्धि भएन भने दोषी हामी (नेतृत्व) नै हुने हो ।
अब एउटा चिज हामीले परिवर्तन गर्नुपर्ने छ । त्यो परिवर्तन तपाई हामी भित्र भएको राणा शासन, पञ्चायती व्यवस्था, राजतन्त्रीय प्रवृत्ति हामी आफैले फाल्न सक्छौ कि सक्दैनौ ? चुनौती छ । यो चुनौतीको बीचबाट हामी अगाडि बढिरहेका छौँ । प्रश्नहरू चौतर्फी उठिरहेका छन् । लोकसेवामा आफ्ना कैयौँ प्रतिस्पर्धीलाई जितेका, लोकसेवा पास गरेर राष्ट्रसेवक बनेका कर्मचारीहरूको सानादेखि ठुला प्रति प्रश्न उठिरहेको छ । त्यत्रो लोकसेवा लडेर, जितेर, पास भएर आएका मान्छेहरूको बारेमा प्रश्न नउठ्नु पर्ने हो । अत्याधिक आफ्ना प्रतिस्पर्धीलाई परास्त गरेर अत्याधिक बहुमत लिएर चित्ता हान्ने सम्मले विजय प्राप्त गरेका हामी जनप्रतिनिधिहरुको बारेमा चौतर्फी प्रश्नहरू उठरहेको छ ।
व्यवस्थाको दोष होइन् व्यक्तिको उसको नियतको कारणले गर्दा उसको अपार्दशिताको कारणले गर्दा यो अवस्थामा यि तमाम प्रश्नहरू उठिरहेका छन् । र, त्यो उसको कारणले गर्दा उठिरहेको प्रश्नहरू व्यवस्था माथि उठिरहेको छ । यसलाई हामीले अब विचार गर्नुपर्ने र सुदृध गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
‘आज राजा आउ देश बचाउ’को नारा सडकमा देखिन थालेका छन् । यो व्यवस्था प्रतिको प्रश्नको कारणले गर्दा देखिरहेको छ । यसको सवल रुपले फेरी हामीले सामना गर्ने नै छौँ । यस्तो चुनौतीलाई हामीले परास्त गर्ने नै छौँ । यहाँ म यसतर्फ धेरै जाँदिन । सरकारले चौतर्फी अभिभावकत्व ग्रहण गरिदिनुपर्छ । कुनै एउटा कार्यक्रममा सानो मात्र कमजोरी भयो भने मात्र त्यो क्षेत्र धेरै नै प्रभावित हुने संभावना हुन्छ । मान्छेको मात्र सरकारले आफ्नो भूमिका निर्वाह गर्न सक्दैन् । यो सरकारले रुखको सरकार बन्नुपर्छ, ढुंगा, माटोको सरकार बन्नुपर्छ । माछाको सरकार बन्नुपर्छ । जिवजन्तुको सरकार बन्नुपर्छ र हाम्रो भविष्यलाई कस्तो बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ । त्यसो गरिएन भने कुरा साना–साना जस्तो लाग्छ तर यि साना–साना कुरा एकिकृत भयो भने त्यो धेरै ठुलो समस्या हुनसक्छ ।
रोल्पा नगरपालिका लगायत रोल्पा जिल्लाका स्थानीय तहहरुबाट गर्न सकिने सानो कुरा जलचर सम्बन्धि हामीले के नीति र योजना बनाएका छौँ ? रोल्पा जिल्लाका ठाउँठाउँका खोलामा करेन्ट र विषादी हालेको देख्छु । हामीलाई आज जन्मेको माछाको भुरा पनि मार्न छुट भएको छ । यस्ता कुरादेखि लिएर मान्छेसम्मको सरकार बन्नुपर्छ ।
आज हाम्रो समाज चौतर्फी भाडिएको छ । न राजनैतिक नियन्त्रणमा छ, न सामाजिक नियन्त्रणमा छ । राजनैतिक नियन्त्रणमा छैन् । नेपाली कांग्रेस नेपाली कांग्रेसको नियन्त्रणमा छैन् । कम्प्युनिष्ट पार्टी कम्प्युनिष्ट पार्टीको नियन्त्रणमा छैन । समाज समाजको नियन्त्रण भन्दा बाहिर गएको जस्तो छ । चौतर्फी असफल किन भैरहेको छ ? मेयरसाप नगरपालिकामा इलेक्ट्रिकल चुरोट विद्यार्थीहरुले खाइरहेका छ्न् । त्यो विद्यालयको शिक्षक अभिभावकहरुको जिम्मेवारी के हो । आज घरघरमा चार्ज गरेर खाइरहेका छन् । यसको जिम्मेवारी को हुनुपर्ने हो ? २ हजार देखि २५ सय पर्दो रहेछ प्रति पिस ।
दाङमा लागुऔषधको ट्यावलेट प्रतिवन्ध लगाएपछि रोल्पा जिल्लाबाट विक्री हुन्छ भन्ने सुनिन्छ । दाङका मान्छेहरु रोल्पाको सम्पर्कबाट किनेर खान्छन् भन्ने छ । कस्तो समाज बनिरहेको छ भने, एक जना महिलाले ‘मेरो श्रीमानले बलात्कार ग¥यो’ भनेर मुद्दा हाल्नुभयो । त्यसवाफत लोग्ने थुन्निनुभयो । तीन महिनापछि ति महिलाले के भन्नुभयो, ‘मैले त रीस उठेर भनेको हो । जेलबाट निकालिदिनुप¥यो ।’ हाम्रो समाज राजनैतिक आर्थिक सांस्कृतिक हरेक हिसाबले चौपट भैसक्यो । हाम्रो देश नेपाल विश्वको १९३ देश मध्ये भ्ष्टाचार गर्ने मुलुको सूचिमा १०७ औं स्थानमा आयो । अध्याधिक भ्रष्टाचार गर्ने देशमा प¥यो । टिपिआइले त्यहीँ भन्छ । यो स्थिति सिर्जना सबै भन्दा जान्ने बुझ्नेहरुले गरेको हो । अरुको दोष छैन् ।
कमान्डर हुनु र कमान्डिङ गर्नु फरक कुरा हो । नेता हुनु र नेतृत्व गर्ने कुरा फरक हो । कमान्डर भएर मात्र हुदैन, कमान्डिङ गर्नुप¥यो । नेता भएर मात्र हुदैन् नेतृत्व गर्नुप¥यो । हाम्रो रोल्पा जिल्लामा विगत केही वर्षदेखि यसको अभाव भैरहेको छ । जब कमान्डरले आफ्नो ग्रीपमा राख्न सक्दैन् भने त्यो कमान्डरको के काम भयो ? मलाई हाँसो उठ्छ कहिले काहीँ । बुढागाउँमा चुनढुंगाको विषयमा विवाद भयो । जुलुस भयो । आन्दोलन भयो । सारा भयो । सिडिओ सापले के भन्नुभयो ? यो जनताले बन्द गर्न खोज्यो भने बन्द हुन्छ । अर्घाखाचीमा बन्द भयो ।
रोल्पामा किन नहुने भनिदिनुभयो । त्यही हो जिम्मेवारी ? अर्घाखाँचीमा त बन्द गरेर बन्द गर्छन् भने रोल्पामा किन नगर्ने भनेर मसँगै भनिदिनुभयो । अर्को कुरा सिडिओ कार्यालयको छेउमै खाद्या टोलमा कोटगाउँको एउटा भाईलाई मारिहाले । साथीहरुले सिडिओको छेउमा मान्छे मरिराछ यो त अचम्मको कुरा भो दूरदराजको कुरा होइन भनेर बुझ्न जानु भो । सिडिओ सापले भन्नुभयो ‘यो त सामान्य कुरा हो । गान्धीहरु पनि मारिएका थिए ।’ मर्ने मान्छेलाई महात्मा गान्धि सरह बनाएको हो कि अथवा त्यो मार्ने मान्छेलाई गान्धिलाई मार्ने नाथुराम बनाएको हो । मार्ने र मर्नेलाई महान बनाएको हो कि के हो ?
यस्ता तमाम घटनाहरु छन् । यो एक वर्षमा हामी आजीत भएका छौँ । यदि रोल्पा जिल्लामा बाहेक यहाँ भन्दा बाहिर हुन्थ्यो भने धेरै समस्या हुने थियो । रोल्पाली भएर सहेर बसेको हो । आज संयोगवस दुवै जना यहाँ हुनुहुन्न सिडिओ साप र डिएसपी साप । एउटा केही विशेष काममा डिएसपी सापलाई मैले फोन गरेँ । ‘त्यो तपाईको मामिला होइन्’ भनेर सिधै मलाई भनिदिनुभयो । मेरा मामिला त कहाँ हुन्छ त !
सुरक्षाको मामिला त सबै उहाँको मामिला हो नि । तर मसँग आएको इन्फरमेसन दिदा तपाईको मामिला होइन् भन्नुभयो । मेरो ख्यालमा रोल्पा जिल्लामा यस्तो सिडिओ, डिएसपी यो भन्दा अगाडि कहिलै आएका थिएनन् र कहिलै आउने पनि छैनन् । रोल्पा जिल्लामा कर्मचारीहरु सिडिओको ग्रीपमा छैनन् । रोल्पा जिल्लाका कर्मचारीहरु सिडिओको ग्रीपमा हुनुपर्ने हो, कोही पनि छैनन् । यस्तो पनि हुन्छ ? कि त जिम्मा नलिनु पर्ने । जिम्मा लिएपछि न्युनतम् दायित्व पुरा गर्नु प¥यो नि !
(रोल्पा नगरपालिकाको नव निर्मित भवन उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री एवं सांसद दीपेन्द्रकुमार पुनमगरले दिएको मन्तव्यको संपादित अंश)