हामी सामाजिक विकासको क्षेत्रमा काम गर्ने भनेको भौतिक विकास गरे जस्तो होइन् । समाज विज्ञान भनेको अलि जटिल खालको शास्त्र वा विज्ञान हो । तसर्थ हामीले सुनिलस्मृती गाउँपालिका भित्र हामी सामाजिक विकास अन्तर्गत विभिन्न कार्यक्रमहरू, विभिन्न योजनाहरू ल्याएका छौँ । जसमध्ये जसले युवाहरूलाई प्रत्यक्ष रुपमा टेवा पुर्याउँछ । हामी विभिन्न युवाहरूलाई युवा उद्यमी कार्यक्रम भनेर बजेटको सुनिश्चितता गरेका छौँ ।
त्यसैगरी हामीले युवाहरूलाई सीप मूलक तालिमहरू पनि प्रत्येक वडाहरूमा प्रदान पनि गरेका छौँ । त्यति मात्र होइन् युवाहरूलाई सुसूचित बनाउनु पर्छ, सङ्गठित बनाउनु पर्छ भन्ने उद्देश्यका साथ विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोगमा कार्यशाला गोष्ठी, नेतृत्व निर्माण, समाज निर्माणमा युवाहरूको भूमिका, समाजमा रहेर युवाहरूले गर्नुपर्ने विषयहरूको बारेमा विभिन्न किसिमका तालिमहरू मात्र प्रदान गरेका मात्र छैनौँ कि विभिन्न विज्ञहरू ल्याएर प्रशिक्षण समेत दिएका छौँ ।
हामीले विभिन्न संघसंस्थाहरूको माध्यमबाट हामीले विकृति विसंगतीबाट युवाहरू मुक्त गर्नका लागि गाउँगाउँ टोलटोलमा प्रशिक्षण गरेका छौँ । सुनिलस्मृती गाउँपालिका ८ वटा वडा रहेका छन् । जसमा स्थानीय सरकारको पहलकदमी र भूमिका के रहेको छ । समाजमा विभिन्न प्रकारका नागरिकहरू बस्नुहुन्छ ।
समाजमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, युवा, बालबालिका लगायत सबै बस्नुहुन्छ । ति नागरिकहरूलाई हामीले कहिँ न कतै सम्बोधन गर्ने निरन्तर प्रयास गरिरहेका छौँ । ज्येष्ठ नागरिकको सवालमा हेर्ने हो भने विगतमा सामाजिक सुरक्षा भत्ताको बुझ्नका लागि स्वास्थ्य अवस्थाले साथ नदिदा पनि गाडी चढेर सुलिचौर आउनुपर्ने अवस्था थियो । त्यसलाई अहिले हामीले गाउँमै लगेका छौँ । यस्ता खालका कार्यक्रमहरू लिएका छौँ । यो खालको कार्यक्रम नै पर्याप्त हो, भनेर भन्न मिल्दैन तर पनि हामीले कहिँ न कतै नागरिकको सवालमा सुविधा दिनुपर्छ भन्ने हेतुले हामीले कार्यक्रमहरू बनाएका छौँ । यो त उदाहरण मात्र भयो ।
अन्य ठाउँहरूमा हामीले सीप मूलक तालिमहरू टपरी बनाउने तालिम, डल बनाउने कार्यक्रमहरू गरेका छौँ यो पर्याप्त भने होइन तर प्रयास भने गरेका छौँ ।अहिले गाउँपालिकाको सन्दर्भमा मात्र होइन् देशव्यापी रुपमा वेरोजगारको समस्या रहेको अवस्था छ । यो हुँदै गर्दा थुप्रै युवाहरू दिनानुदिन त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट बाहिरिने अवस्था छ । यस्तो दर्दनाक अवस्था हुँदा पनि हामीले युवाहरूलाई सीप प्रदान गरेर हुन्छ ।
युवाहरुलाई विभिन्न माध्ययमबाट कृषि प्रणालीबाट जोड्ने प्रयास गरिरहेका छौँ । हाम्रो देश कृषि प्रदान देश हो । सुनिलस्मृती गाउँपालिका पनि कृषि प्रदान देशबाट पछूटो रहन सक्दैन । कृषिबाट पनि युवाहरूको विदेश पलायन रोक्न सक्छौँ, भनेर थुप्रो बजेट कृषिमा पनि हालेका छौँ । त्यस्तै युवाहरूलाई सीप मुलल तालिमकै कुरा गर्ने हो, भने युवाहरूलाई कतै पञ्जेबाजा तालिम दिएका छौँ । कतै अदुवाको पकेट क्षेत्र, लगायतका कामहरु गरेर युवालाई युद्यमी बनाउनमा लागेका छौँ ।
शिक्षा र स्वास्थ्य सामाजिक विकास सँग एकदमै जोडिएको विषयवस्तु हो । शिक्षामा हामीले विगतको भन्दा केहि प्रतिशत सुधार लिएको अवस्था छ । तर अपेक्षिकृत सुधार भने हुन सकेको छैन् । स्वास्थ्य क्षेत्रमा हामीले तिन पालिकाको स्वामित्वमा फार्मेसी खोल्नका लागि कर्मचारी भर्ना पनि सुरुवात गरिसकेका छौँ । निकट भविष्यमै फार्मेसीको सुरुवात हुने छ । सुनिलस्मृती गाउँपालिका यस्तो गाउँपालिका जसले पूर्वका अरु दुई गाउँपालिकाहरुलाई पनि आफ्नो स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
त्यसकारण पनि हामीले स्वास्थ्यमा पनि लगानी बढाएका छौँ । र विभिन्न स्वास्थ्य संस्थाहरुमा पनि जहाँ स्वास्थ्यकर्मीको अभाव छ त्यहाँ पदपुर्तीको माध्यमबाट संघीय र प्रदेश सरकारले कोटा पदपूर्ति गर्न सक्ने भएन भने पनि हाम्रो स्थानीय सरकाले भए पनि पदपूर्ती गर्ने गरेका छौँ । स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कहि कतै पनि संम्झौता नहोस भन्ने हेतुले हामिले यहिबाट कोटाको सिर्जना गरेर अभाव पदपूर्ति गरेका छौँ । यी प्रयासहरु सुनिलस्मृती गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको प्रयास हो । कहि कतै स्वास्थ्य संस्थाहरुमा औषधी अभाव भएमा पुर्याउनुपर्छ भन्नेमा लागेका छौँ । ( कुराकानीमा आधारित)