कुराकानी :

रोल्पाली सरल र सहज छन्

रोल्पा जिल्लामा प्रमुख जिल्ला अधिकारीका रुपमा तेह्र महिना बिताएका परमानन्द घिमिरे सरुवा भएका छन् । प्रजिअ घिमिरेको रोल्पाबाट गृहमन्त्रालय सरुवा भएको हो । रोल्पा जिल्लामा कार्यरत रहँदा उनले गरेका कार्यअनुभवको सेरोफेरोमा रहेर अनलाइन साझाका लागि कुराकानी गरिएको छ । 

कुराकानीको सुरुमै उनलाई ‘तपाईले सुन्नु भएको रोल्पा र भोग्नु भएको रोल्पा कस्तो पाउनु भयो ?’ भनेर सोधेका छौँ । कुराकानीको शृङ्खलामा जिल्ला प्रशासन कार्यालय रोल्पाको सेवालाई प्रभावकारी बनाउन खेल्नु भएको भूमिका, यातायात, बालविवाह, सामाजिक विकृतिविसङ्गतिको अन्त्यमा देखाउनु भएको अग्रसरताबारे पनि प्रश्न गरिएको छ ।

जिल्ला प्रशासनलाई कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट बनाउन गरिएको प्रयास, रोल्पा जिल्लामा गर्न सकिने सम्भावनाका काम, रोल्पा र रोल्पालीको सकारात्मक पक्षबारे पनि हामीले जिज्ञासा राखेका छौं । साथै रोल्पामा सेवारत रहँदा उनको दुःखद क्षण र खुशीको पलबारे सोधिएको प्रश्नमा प्रजिअको जवाफ विस्तृतमा हेर्न र सुन्न सक्नु हुनेछ ।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस