काठमाडौं । अमेरिकाका विख्यात नाटककार टेरेन्स मेक्नलीको कोरोना भाइरस संक्रमणबाट मृत्यु गएको छ । टोनी पुरस्कार चार पटकसम्म जितेका मेक्नलीको फ्लोरिडामा ज्यान गएको हो ।
उनी ८१ वर्षका थिए । ६० वर्षको करियरमा उनले तीन दर्जनभन्दा बढी नाटक लेखेका थिए ।
उनी समलंगी, क्यान्सर लगायतका कारण पनि चर्चित थिए । मेक्नलीको फोक्सोको एउटामात्र भाग क्यान्सरबाट जोगिएको थियो । क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिसअर्डरबाट उनी जोगिँदै आएका थिए ।
यसैबीच अफ्रिकाका प्रसिद्ध स्याक्सोफोन बादक मानु डिबांगोको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । उनी ८६ वर्षका थिए ।
कोरोना भाइरसबाट मृत्यु हुने उनी विश्वको पहिलो प्रसिद्ध कलाकार भएको बताइएको छ । अनलाइन खबरबाट
प्रकाशित मिति : २०७६ चैत्र १२ गते बुधवार