संसारभरी कोरोना भाइरसको त्रासबीच हान्ता भाइरसले मानिसहरुको चिन्ता बढाएको छ ।
चीनमा हान्ता भाइरसका कारण २३ मार्चमा एक व्यक्तिको मृत्यु भएको खबर छ ।
ग्लोबल टाइम्सको खबर अनुसार हान्ता भाइरस संक्रमित व्यक्ति जुन बसमा सवार थिए, त्यहाँ सवार ३२ जनाको परीक्षण गरिएको छ ।
यदि कोही व्यक्तिले मुसाको मल–मूत्र वा (याल छोएपछि हातले अनुहारलाई छुन्छ भने संक्रमित हुने आशंका बढ्छ ।
यद्यपि, साधारणतया हान्ता भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । हान्ताको संक्रमण भए नभएको पत्ता लगाउन एकदेखि आठ हप्ताको समय लाग्नसक्छ ।
यदि कोही व्यक्ति हान्ता भाइरसद्वारा संक्रमित छ भने उसलाई ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, बान्ता हुनेलगायतका समस्या देखिन सक्छ ।
हान्ता संक्रमित व्यक्तिको स्वास्थ्य बिग्रँदा फोक्सोमा पानी भरिन थाल्छ र सास फेर्न समस्या पनि हुनसक्छ ।
जनवरी सन् २०१९ मा पेटागोनियामा हान्ताको संक्रमणले ९ जनाको ज्यान लिएको थियो । त्यसपछि पर्यटकलाई पनि यसबारे चेतावनी दिइएको थियो ।
त्यतिबेलादेखि अहिलेसम्म हान्ता भाइरसका ६० संक्रमित भेटिएको अनुमान गरिएको छ । तीमध्ये ५० जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।
सीडीसीलाई विश्वास गर्ने हो भने हान्ता भाइरसमा ३८ प्रतिशत मृत्युदर हुन्छ र यो रोगको कुनै निश्चित उपचार पनि छैन ।एजेन्सी
हान्ता भाइरसः के हो लक्षण, कसरी गर्छ संक्रमित
प्रकाशित मिति : २०७६ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस